दोधारा चाँदनीपछि बाँकेमा नेपाली भूमि भारतीय अतिक्रमणमा
- फाल्गुन २, २०८१
भक्तपुर, २६ कार्तिक । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको २१ औँ वार्षिक स्थापना तथा न्हू दँ ने.स. ११४४ को अवसरमा संस्थाका संस्थापक, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा संस्थाले सञ्चालन गरिरहेको महिला लघुवित्त बचतकर्ताको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले आर्थिक विकाससँगसँगै राजनीतिक विषयबारे पनि ससाथका सदस्यहरूबिच छलफल गर्नु जरूरी रहेको उल्लेख गर्दै भन्नुभयो, “अमेरिकी साम्राज्यवादको काम संसारमा नरसंहार बढिरहेको छ । यसको पछिल्लो उदाहरण इजरायललाई हतियार पठाएर प्यालेस्टिनी जनताको जातीय सफाया गरिरहेको छ । प्यालेस्टिनी जनता आफ्नो देश खोसिएको विरोधमा एकसय वर्षदेखि फासीवादी इजरायल सरकारसँग लडिरहेका छन् ।”
उहाँले भन्नुभयो, “पहिलो र दोस्रो विश्व युद्ध युरोपमा भएको थियो । संरा अमेरिकी साम्राज्यवाद एसियामा तेस्रो विश्व युद्ध गराउन एसियाली देशहरूमा सेना र हतियार तैनाथी बढाउँदै छ । नेपालसँगको एमसीसी सम्झौता त्यसैको सिलसिला हो । यो सम्झौतामा अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
नेपाल संवत् ११४४ नयाँ वर्षलाई युद्धको विरोधमा मनाउनु जरूरी रहेको धारणा राख्दै सांसद सुवालले भन्नुभयो, “संसारका जनता अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री न्यतन्याहु दुवै प्यालेस्टाइनमा नरसंहारको दोषी भएको आवाज उठाउँदै प्रदर्शन गरिरहेका छन् ।”
रत्नकाजी नायोभारीले संस्थाको विकासको लागि कार्यक्रमहरू गर्दै जानुपर्ने भनाइ राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले ब्याजको लोभमा जुन पायो त्यही सहकारीमा रकम जम्मा गर्न नहुनेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले देको मिबा जग्गा एकीकरण आयोजनाले स्थायी जग्गा धनी पुर्जा फिर्ता दिइरहेको, थप जग्गा बढाउनुपर्ने र सट्टापट्टा गर्नुपर्नेहरूले समयमै निवेदन दिएको खण्डमा जग्गा एकीकरण समयमै सम्पन्न हुने जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष आसकुमार कोजूले सहकारीमा भए गरेका समस्याहरूको समाधानका लागि विचारणीय हुनुपर्ने धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सत्यनारायण बासुकला र सचिव कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply