भर्खरै :

तिहार पर्वको अवधिमा रचनात्मक कार्य गर्न जोड

तिहार पर्वको अवधिमा रचनात्मक कार्य गर्न जोड

भक्तपुर, २६ कार्तिक । २ वडा युवा तथा खेलकुद समितिको आयोजनामा नेपाल संवत् ११४४ तथा शुभ दीपावलीको अवसरमा भक्तपुर नगरव्यापी अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिता तथा वडाव्यापी अन्तरविद्यालय दौड प्रतियोगिताको पुरस्कार वितरण, शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले विद्यार्थीहरूले तिहार पर्वमा संस्कृति जगेर्नाका साथसाथै रचनात्मक कार्य गर्नुपर्ने बताउँदै खेलाडीहरूले खेलमा हारजितलाई सहजरूपमा लिनुपर्ने तथा खेलको माध्यमबाट उज्यालो भविष्य निर्माणको लागि कठोर परिश्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीति र खेललाई तुलना गर्दै खेलाडीहरूले विपक्षको कमजोर पक्ष पत्ता लगाई जित हासिल गर्न सकिने र राजनीतिमा प्रतिपक्षको कमजोर पक्षलाई आलोचना गरी समाजलाई अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडाको खेल विकासको लागि विभिन्न खेल गतिविधिहरू अगाडि बढाउँदै आएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टी २ वडा एकाइ समितिका अध्यक्ष रत्नकाजी नायोभारीले विद्यार्थीहरूले पढाइको अलावा कुनै न कुनै एक खेलमा संलग्न हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले वडाको नियमित खेलकुद गतिविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष पुण्यराम स्वंगिमखाको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्यहरू अजेन्द्र लघु र ज्ञानेन्द्र मानन्धरले पनि बोल्नुभएको थियो ।
आइतबार भएको फाइनल खेलमा छात्र १६ वर्षमुनिमा माउन्ट भ्याली इ.से.स्कूलका सोहिन गोर्खाली प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका विशाल कवांलाई पराजित गर्दै प्रथम भयो भने छात्रातर्फ प्रोक्सिमाकी नर्मदा खाइतु प्रभात इ.स्कूलकी सोफिना कोजुलाई पराजित गर्दै प्रथम भइन् । त्यस्तै छात्र १२ वर्षमुनिमा एभरेस्ट इ.स्कूलका निरल बासुकलाले प्रोक्सिमाका रिजन ख्याजुलाई र छात्रातर्फ प्रभातकी उरवी सुवालले प्रभातकी नै रेस्ना कोजुलाई पराजित गर्दै प्रथम हुन सफल भयो ।
टेबुलटेनिस तथा एथलेटिक्सका विजयी खेलाडीहरूलाई प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरियो भने टेबुलटेनिसतर्फ उदयीमान खेलाडीहरू मालाश्री सुवाल (लनर्स एकेडेमी), प्रेरित दुवाल (लिटिल वल्र्ड), ओजिन सुवाल (द राइजिङ इ.स्कूल) र सफल सुवाल (प्रभात इ.स्कूल) घोषित भए । त्यस्तै स्पीन त्ेन्ट प्रा.लि. को आयोजनामा भएको तेस्रो देशव्यापी अन्तर वडा टेबुलटेनिस प्रतियोगितामा २ वडाबाट सहभागी भई महिला टीम त्ेन्टमा स्वर्ण तथा महिला एकलमा रजत जित्न सफल खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *