निओ फ्युजनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
- आश्विन १८, २०८१
नेपाल संवत् नेवारहरूको मात्रै होइन सम्पूर्ण नेपालीहरूको हो । नेपाल संवत् संयुक्त राष्ट्र सङ्घमा दर्ता भएको थियो । भक्तपुरका जनताको नेपाल संवत्प्रति दिलैदेखिको माया छ । दत्तात्रयको जेँलामा शङ्खधर साख्वाको शिलापत्र भएको पाटी नै छ । प्रत्येक वर्ष म्हःपूजाको दिन न्हू दँया भिन्तुना गरिन्छ । नेपालभाषाको निम्ति सङ्घर्ष गर्ने मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरेर न्हू दँ ११४४ मनाइएको थियो । यसरी न्हू दँ मनाउने क्रममा कार्तिक २८ गते भक्तपुरमा सिक्री लगाएको ताला फोरेर विश्व सम्पदा क्षेत्रमा निषेधित गाडीहरू लाने काम भयो । काठमाडौँ महानगरका नगर प्रहरीलगायतको निर्देशनमा यो कार्य हुनु राम्रो होइन । महानगरपालिकाले हालै सम्पन्न इन्द्र जात्रामा वसन्तपुरमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरूलाई हिँडाएर कुमारी दर्शन गराएको थियो । कुमारी दर्शनमा राष्ट्रपतिलाई हिँड्न बाध्य बनाइएको थियो ।
भक्तपुर नगरबाट सिक्ने वकालत गर्दै हिँड्ने मेयर बालेनले विश्व सम्पदा सूचीमा सूचिकृत टौमढी जहाँ विश्वको अग्लो मन्दिर पाँचतले (ङातापोल्हँ) छ, जुन मन्दिर कोलम्बसले अमेरिका पत्ता लगाउनु अगाडि बनिसकेको थियो । त्यस्तो मन्दिरको संरक्षणको लागि गाडी निषेधित गरिएको क्षेत्रमा आफूलाई किलागलबाट आएको भन्दै एक युवाले अब आइन्दा भक्तपुरमा न्हू दँ ¥याली नल्याउने भन्दै धन्यवाद पनि दिए । महानगरपालिकाका नगर प्रहरीअगाडि राखेर भक्तपुरको सम्पदा बिगार्न लालायित मान्छे देखेर देशकै ठूलो नगरपालिका भनेर भक्तपुरलाई हेप्ने ! महानगरले अर्काको घरमा ताल्चा फोडी भित्र पस्ने दुस्साहस गरेको मलाई अनुभव भयो । ताला फोड्ने व्यक्तिलाई महानपाले कारबाही गर्नुपर्छ । भक्तपुरको सम्पदा नष्ट गरेर काठमाडौँले भक्तपुरबाट के सिक्ने हो ?
भक्तपुरमा न्हू दँया भिन्तुना ¥याली मौलिक बाजागाजाका साथ हजारौँ हजार जनताको सहभागितामा सम्पन्न भएको थियो । सम्पदा नष्ट गर्न चाहने व्यक्तिहरू नेपाल संवत्लाई माया गर्ने व्यक्ति हुनै सक्दैन । भक्तपुरका जनताले भक्तपुरलाई एउटा सांस्कृतिक नगर घोषणा गराउन वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) लाग्नुभएको चार दशकभन्दा बढी भइसकेको छ । त्यसैले सम्पदा नष्ट गर्न खोज्ने यो निषेधित क्षेत्र तोड्ने कारबाही गर्नुपर्छ । नत्र हाम्रो सम्पदा बचाउन गा¥हो हुनेछ । नेपालीको पहिचान र मौलिकता भएन भने विस्तारै नेपाल नै हराएर जान सक्नेमा हेक्का राखे हुन्छ ।
Leave a Reply