विशेष समाचार

  • रुकुम घटनाले वर्गसङ्घर्ष चालू रहेको देखाउने

    काठमाडौँ, १३ जेठ । मङ्गलबार सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले गृहमन्त्री रामबहादुर थापासँग रुकुमको चौरजहारी–८ सोतीमा अन्तरजातीय प्रेम विवाह गर्न गएका दलित युवाको समूहलाई गैरदलित समुदायले गरेको आक्रमण र हत्याको सन्दर्भमा प्रश्न सोध्नुभयो । सांसद सुवालले प्रजातन्त्रको लामो समयसम्म पक्षपात यथावत रहनुका साथै प्रजातन्त्रलाई जगदेखि अभ्यास गराउनुपर्नेमा सत्तापक्ष र […]

  • दलित सङ्घर्ष जातको होइन वर्गको हो

    काठमाडौँ, १३ जेठ । १३ जेठ २०७७ को ‘नयाँ पत्रिका’ ले लेख्यो –“भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो, नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादामात्र होइन, विवाह गर्ने र वरवधू छान्ने अधिकार पनि सुरक्षित गरेको छ । तर, पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुङ्गामुढा गरेर लखेटियो, […]

  • मोदी सरकारको जाली नक्सा

    नेपाल सरकारले जेठ ७ गते प्रकाशित गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतीय विदेश मन्त्रालयले अमान्य भनेको छ । भारत सरकारले २०७६ कार्तिक १६ (नोभेम्बर २) मा प्रकाशित गरेको नक्सा पनि नेपाललाई मान्य र स्वीकार्य नभएको तत्कालै भनेको थियो  । भारतले नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायत ७१ स्थानका सिमानामा बलमिचाई गर्दै आएको सर्वविदितै छ । भारतीय […]

  • सुरक्षा, स्वास्थ्यको विरोधमा पुँजीवाद ः फेरि एक पुरानै कथा

    अमेरिकी राष्ट्रपतिले भर्खरै मासु प्याकिङ उद्योगका कामदारहरूलाई कोरोना भाइरसको महामारी फैलिरहेको कार्यस्थलमा काममा फर्कन निर्देशन दिए । तर, उनले उद्योग मालिकहरूलाई आफ्ना वधशाला उद्योग सुरक्षित र स्वस्थ बनाउन आदेश दिएनन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले ती उद्योगहरूमा कसैलाई कोरोना भाइरस सङ्क्रमण भएमा उद्योग मालिकहरूमाथि संसद्ले बनाएका कानुन नलाग्ने उन्मुक्ति पनि घोषणा ग¥यो । त्यही राष्ट्रपतिको कार्यालयले कामदारहरूको लागि सफा […]

  • मोदी सरकार कोरोना निर्यात गर्दै

    संरा अमेरिकामा कोभिड – १९ बाट आइतबार बिहानसम्ममा साढे ९८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साढे १६ लाखभन्दा बढी मानिसलाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । संरा अमेरिकामा कोरोना भाइरस सङ्क्रमण फैलिनुमा चीनलाई दोष दिएर ट्रम्प उम्किन खोजिरहेका छन् । ट्रम्प प्रशासनकै बोलीमा लोली मिलाउँदै भारतीय सञ्चारमाध्यमहरू चीनको खेदो खन्ने गर्छन् । आइतबार जी न्युजको एक रिपोर्टमा […]

  • अस्ट्रेलिया, ट्रम्प र कोरोना भाइरस

    बेलायतले १८ औँ शताब्दीमा अस्ट्रेलियामा आफ्नो उपनिवेश विस्तार ग¥यो । बेलायती उपनिवेशवादीहरूले त्यहाँका आदिवासीहरूको जमिन लुटे र तिनीहरूबीच रोग–व्याधि फैलाएर दुर्गम ठाउँमा लखेटे । बेलायती उपनिवेशवादीहरूले अरू उपनिवेशहरूमा जस्तै अस्ट्रेलियामा पनि बेलायती कारागारका बन्दीहरूलाई कठोर श्रम गराउँथे । ती बन्दीहरू सबै अपराधीहरू थिएनन् बरु, पुँजीवादी सरकारविरोधी राजनैतिक बन्दी र मजदुर आन्दोलनकारीहरू पनि थिए । अस्ट्रेलियाको संसद् भन्नाले राजा वा […]

  • नीतिमा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने

    ख्रुश्चेभ र गोर्वाचोभले सारा जनताको प्रजातन्त्र र वर्ग समन्वयको कुरा गरेका थिए । आज नेकपाको जबज उस्तै छ । ओडारमा नपसीकन डमरूलाई समात्न सकिँदैन, त्यस्तै सुहाउँदो तापमानमा मात्र फूलबाट चल्ला कोरलिन्छ, ढुङ्गा कोरलिँदैन । घोडामाथि चढेर फूलहरूलाई हेर्ने होइन, घोडाबाट ओर्लेर हेर्नु आवश्यक छ । माक्र्सवादलाई वर्गसङ्घर्षबाटै सिक्ने हो, सहि विचार सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ । यो कुरालाई आत्मसात् […]

  • कोभिड–१९ के संरा अमेरिका जीवाणु युद्धको अभ्यास हो ?

    कोरोना भाइरस अथवा कोभिड–१९ बारे संरा अमेरिकी राष्ट्रपति ट्रम्पले उद्योगपति र हवाई सेवा प्रदायकलगायतसँग १६ फेब्रुअरी २०२० मा ‘चिनियाँ भाइरस’ को कारण हामी अझ बलिया हुनेछौँ भनी फोनमा कुरा गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस अभिव्यत्तिप्रति आलोचनाको लहर संसारभरि चल्यो । तर, रेली रोमानोफको लेखमा जापानी र ताइवानी सरुवा रोग विशेषज्ञ र औषधी वैज्ञानिकहरूले […]