कला–मनोरञ्जन

  • बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सरोकारवालाहरूको बैठक

    भक्तपुर, ६ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरूसँग छलफल ग¥यो । उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस सङ्क्रमणको कारण विश्वव्यापीरूपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा जात्रा सञ्चालन चुनौतीपूर्ण रहेको चर्चा गर्दै हजारौँ मानिस जम्मा हुने बिस्केट जात्रा सञ्चालनलाई व्यवस्थित गर्नु सबैको […]

  • रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने

    – सुभानु आचार्य ललितपुर, २० फागुन । विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन वर्ष पहिले जिम्मा लिएको श्रीलङ्का सरकारले विगतका तीन ठेकेदार थेगिस, पेरा र तुलसी कन्स्ट्रक्सन जेभीसँग असमझदारी भएपछि गत डिसेम्बरदेखि मन्दिर पुनःनिर्माणका लागि ठ्याक्कै हात […]

  • वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी

    काठमाडौँ, १० फागुन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसको अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ । प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १० औँ शृङ्खलाको ललितकला प्रदर्शनी हुने आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनी तीन हप्तासम्म चल्ने नाफाका कुलपति कान्छाकुमार (केके) कर्माचार्यले जानकारी दिनुभयो । प्रदर्शनीमा ५०० कलाकृति सहभागी गराउने […]

  • भक्तपुर महोत्सवको तयारी चालू

    भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४–८ गते हुने भक्तपुर महोत्सवको तयारीमा बुधबार कर्मचारी भेला भयो । भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सवमा सम्पदालगायत नगरको हरेक क्षेत्र, टोल, गल्लीको सरसफाइलाई विशेष ध्यान दिनुपर्ने बताउँदै अवलोकनकर्ताले राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई केलाउने हुँदा सबैखाले चुनौती सामना गर्न हामी सक्षम हुनुपर्ने बताउनुभयो । नगरपालिकाले महोत्वसको तयारीस्वरुप दिनहुँजसो […]

  • भक्तपुर महोत्सव मन्थन, मौलिक बाजागाजा संवद्र्धनको चिन्ता

    इन्दिरा लाछिमस्यु भक्तपुर महोत्सव आउन एक महिना बाँकी छ । तयारी गर्ने समय छोटिंदै छ । अहिलेदेखि नै महोत्सवको चर्चा हुनु खुसीको कुरा हो । महोत्सवलाई कसरी भव्य र राम्रो बनाउने भन्ने विषयमा सर्वत्र चर्चा हुनुपर्छ । महोत्सवमा बाजागाजा भक्तपुर महोत्सव हेर्न धेरै आन्तरिक तथा बाह्य पर्यटक भक्तपुर आउने छन् । भक्तपुरका टोल–टोलमा धेरै बाजागाजा छन् । ती बाजागाजालाई महोत्सवभरि ठाउँ–ठाउँमा […]

  • झीगु ख्वप साकोसमा बाजा प्रशिक्षण सुरु

    भक्तपुर, ५ फागुन । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले ६ महिने बाँसुरी, पछिमा, धलक बाजा प्रशिक्षण आइतबार शुभारम्भ भएको छ । शुभारम्भ कार्यक्रममा बाजा गुरुहरूलाई बाजा हस्तान्तरण गर्दै नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सीप सिकेको व्यक्ति समाजमा अग्रपङ्क्तिमा पुगेकै हुने बताउनुभयो । उहाँले आजभन्दा ६ वर्षअगाडि सन् २०१४ […]

  • कुलु ः नेवार जातिको एक शिल्पी समुदाय

    नेवारका वारेमा विभिन्न लेखक तथा विद्वानहरूको आ–आफ्नै मत छ । जसमध्ये दक्षिण भारतबाट नान्यदेवसँगै आएका नायरहरू नै पछि नेवार बनेका भन्ने एउटा तर्क छ भने नेवारहरू उत्तरी हिमालय क्षेत्रबाट नेपाल प्रवेश गरेको भन्ने अर्को मान्यता रहेको छ । जे जस्तो तर्क प्रस्तुत गरे तापनि नेवारहरू काठमाडौँ उपत्यकाका आदिबासी समुदाय हुन् भन्ने कुरामा प्रायः सबैकोे एकमत रहेको पाइन्छ । […]

  • पुस्तक प्रदर्शनीमा भक्तपुर महोत्सवको चर्चा

    भक्तपुर, ३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चीनमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण भक्तपुर महोत्सवको लागि चुनौती भए पनि महोत्सवको तयारीमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । आरम्भ नेपालको आयोजनामा भइरहेको तीनदिने पुस्तक प्रदर्शनीअन्तर्गत शनिबार भएको ‘भक्तपुर महोत्सव र भक्तपुरको पर्यटन’ विषय अन्तरक्रिया कार्यक्रममा उहाँले भक्तपुर महोत्सवमा भक्तपुरका सबै जनतालाई सहभागी बनाउन नगरपालिका सघन तयारीमा […]