भर्खरै :

नेक्राविसङ्घको स्थापना दिवसमा रक्तदान सम्पन्न मङ्सिर २४ गते फोटो प्रदर्शनी हुने

नेक्राविसङ्घको स्थापना दिवसमा रक्तदान सम्पन्न मङ्सिर २४ गते फोटो प्रदर्शनी हुने

भक्तपुर, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना नेपालको विद्यार्थी आन्दोलनमा देखिएको आत्मसमर्पणवादी र सिद्धान्तहीन प्रवृत्तिविरुद्ध भएको हो ।
नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा नेक्राविसङ्घ भक्तपुर बहुमुखी क्याम्पस समितिले शुक्रबार भक्तपुर क्याम्पस परिसरमा खुला रक्तदान कार्यक्रम ग¥यो । उक्त कार्यक्रममा १८ जना पुरूष र १४ जना महिलाले रक्तदान गरेका थिए ।
स्थापना दिवसकै अवसरमा इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको बर्बर आक्रमणको विरोधमा मङ्सिर २४ गते आइतबार सङ्घले भक्तपुर बहुमुखी क्याम्पसमा फोटो प्रदर्शनी गर्ने भएको छ ।
फोटो प्रदर्शनमा नेमकिपा र जनवर्गीय सङ्गठनले प्रकाशित गरेका विभिन्न पुस्तकहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
स्मरणीय छ, नेक्राविसङ्घ २०२६ मङ्सिर २२ गते स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *