भर्खरै :

हाम्रो घर हाम्रो देश

हाम्रो घर हाम्रो देश

कुखुराको पनि एउटा घर हुन्छ
हामी त्यसलाई
खोर नै भनौँ,
एउटा घर
खरायोको पनि हुन्छ
त्यसलाई गुफा नै भनियोस् ।
घोडाको पनि
आफ्नो घर हुन्छ
जसलाई तबेला भनिन्छ ।
माछाहरू पनि घरमा रहन्छन्
हुन त त्यो
समुद्र होस् वा महासागरै होस् ।
बिरालो
जो गल्लीमा घुम्न
मन पराउँछन्
तर
उसको पनि एउटा घर हुन्छ,
जसलाई उसले माया गर्छ
जसमा उसलाई गर्व छ ।
चराचुरुङ्गीहरूको पनि घर हुन्छ,
त्यसलाई भन्न त
गुँड नै भनिन्छ ।
सबैको एउटा घर हुन्छ ।
घर,
जहाँ उसले
शान्ति र आनन्द पाउँछ ।
तर
प्यालेस्टिनीहरूको
कुनै घर छैन,
यी पाल
यी बाँस
जहाँ तिनीहरू बस्छन्
घर होइन ।
तब प्यालेस्टिनीहरूको घर
छ कहाँ त ?
हो
एक प्यालेस्टिनीको घर
प्यालेस्टिनमै छ
तर आज ऊ
आफ्नो घरमा बस्न पाउँदैन ।
प्यालेस्टिनको घर
उसका शत्रुहरूले
बलजफ्ति खोसेर राखेका छन् ।
को हुन् ती
प्यालेस्टिनीहरूका शत्रुहरू ?
प्यालेस्टिनीहरूका शत्रुहरू
ती नै हुन्–
जसले तिनीहरूको घर
खोसेर राखेका छन् ।
के फेरि प्यालेस्टिनीहरूले
आफ्नो घर पाउन सम्भव छ ?
त्यो कसरी ?
अँ, हो,
उसले फेरि आफ्नो घर
पाउन सक्छ
फिर्ता
सङ्घर्ष र
त्यागको भरमा
फेरि फिर्ता पाउनेछ,
प्यालेस्टिन, आफ्नो घर
किनभने
त्यो घर प्यालेस्टिनीहरूकै हो ।

(४ मार्च १९७७ को हिन्दी पाक्षिक ‘सारिका’ बाट)
स्रोत : जनताको साहित्य,
बुलेटिन नं. ५, १९७७

Leave a Reply

Your email address will not be published. Required fields are marked *