रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
हरेक देशका नेताहरूमा दूरदर्शिता नभई हुँदैन । नेताहरू दूरदर्शी भएनन् भने त्यो देशले रत्तिभर पनि समुन्नति त के प्रगति पनि गर्न सक्दैन । यो कुरा ठोकेर भन्न सकिन्छ । तर, नेपालका प्रधानमन्त्रीदेखि मन्त्रीहरूमा त्यही दूरदर्शिता छैन । अनि कसरी हुन्छ मुलुकको समग्र विकास ? नेपालका प्रायः सबै नेता एकपल्ट वा धेरैपल्ट प्रधानमन्त्री भइसके तर देशले किञ्चित पनि उन्नति प्रगति गर्न नसकेको कारण लाखौँ टन खाद्यान्न एवं कृषि उपज देश बाहिरबाट ल्याउनु परेको छ । नाम कृषिप्रधान देश तर कृषि उत्पादन अर्को देशबाट ल्याउनुपर्ने ! एउटा मल कारखाना पनि स्थापना र सञ्चालन गर्न नसकेको । यो आजसम्मका सरकारमात्र हो र यसअघिका सरकारहरू पनि उस्तै, भाषण उल्का गर्ने तर काम भने फुट्टि छैन । न त छ यस्तो दृष्टिकोण नै पनि । एउटा प्रक्षेपण पनि नभएका पार्टीहरू र तिनका सरकार जनतालाई नहेर्ने, आफ्नै अगाडिको भाग मात्र हेर्ने । यसरी संसारको कुन राष्ट्रले प्रगति गरेको छ संसारमा ? दूरदर्शिता नेताहरूमा नभइ नहुने तथ्य हो । तर, हाम्रो देशका पार्टीका मूर्धन्य नेताहरूमा पनि यो दूरदर्शिता छैन । तब कसरी हुन्छ विकास र प्रगति ?
दूरदर्शिता नभई हुँदैन
हरेक काममा दूरदर्शिता नभई नहुने हुँदैन । यसको अभाव छ हाम्रा नेताहरूमा । दूरदर्शी नभएका नेता, द¥हो नङ्ग्रा नभएको सिंह र सिङ नभएको साँढे उस्तै हो । सिङ नभएको साँढे कसरी बाँच्छ होला ? दा¥हा र नङ्ग्रा नभएको सिंहले कसरी सिकार गर्दो होला र के गरी खान्छ होला ? नेताहरूमा दूरदर्शिता छैन भने उनीहरूले गरेको निर्णयले मुलुकको सर्वत्तोमुखी विकास कसरी सम्भव होला ? आजको संसारमा नौ अर्ब मान्छे पाल्नुपर्छ । त्यतिका मान्छे कसरी पाल्ने भन्ने प्रश्न गम्भीर छ । आजको विज्ञान र प्रविधिको युगमा मान्छे खाएर होइन सुँघेर अघाउने उपाय पत्ता लगाउनुप¥यो । ताकि पेटभरि खान नपाएर हुने परिणाम नहोस् । सुँघेर अघाउने उपाय पत्ता लागे संसारकै अवस्था फेरिँदो हो । घूस खाने र गैरकानुनी क्रियाकलाप बन्द हुने थियो । त्यतिबेलाको संसार कति स्वच्छ हुँदो हो त्यस दिशातिर कुनै ठुला दलका नेताको दूरदर्शिता छैन । दूरदर्शिता नभएका नेताले देश बनाउन सक्दैनन् । के गर्नु दूरदर्शिता नभएका नेताहरूकै बिगबिगी छ ।
निदाएकै छैन कसरी बिउँझाउने !
दूरदर्शिता राजनीतिक तह, प्रशासनिक तह र खेलकुद तहका नेताहरूसम्म आवश्यक पर्दछ । घरमुलिमा दूरदर्शिता भएन भने त्यो घर सुचारू चल्दैन । तसर्थ, प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूमा त दूरदर्शिताको आवश्यकता झन् बढी आवश्यक पर्ने नै भयो । तर हाम्रो नेपालमा दूरदर्शितालाई प्रथम प्राथमिकतामा राखिन्न जसका कारण परीक्षा जुध्छन् । समयमा परीक्षा गरिन्न । समयमा परीक्षाफल प्रकाशित गरिन्न । जसका कारण विदेशमा पढ्न चाहने विद्यार्थी समयमा भर्ना हुनसमेत पाउँदैनन्, उसको एक वर्षको पढाइ त्यसै सकिन्छ, दूरदर्शिताको अभावको प्रतिफल हो यो । अदूरदर्शिताकै कारण देशले विकासमा गतिलिन सकेन; विकासको पूर्वाधार बन्न सकेन । यही कारण सत्तारुढ दलका नेताहरुले दिशानिर्देश गर्न सकेनन् । निदाएको मान्छेलाई बिउँझाउन सकिन्छ, निदाएको स्वाङ पार्नेलाई कसरी बिउँझाउने ?
बलिको बोको
देशमा काम दिन नसकेपछि युवाहरू विदेश पलायन हुनु अनौठो होइन । तर, सरकारमा भएका र गएका पार्टीहरूमा दूरदर्शिताको अभावले नेपाली युवाहरू संसारका जुन देशमा जे पायो त्यसैमा भर्ना भएर ज्यान फालिरहेका छन् । हुँदा हुँदा भागेर गई ती देशका पल्टनमा समेत भर्ना भई व्यर्थमा ज्यान फालिरहेका छन् । रूसी सेनामा पनि निकै नेपाली युवा भर्ना भएका रहेछन् पैसा बढी आउने लोभले । तर, ज्यान जाने गरी युद्धमा खटाउने रहेछ पल्टनका माथिल्लो तहकाले । सरकारमा गएका पार्टी र तिनका नेताहरूमा दूरदर्शिता नभएकोले व्यर्थै ज्यान फाल्छन् नेपाली युवाहरू । यी सबै वाहियात काम नेता र पार्टीहरूमा दूरदर्शिता नभएको कारणले नै भएको हो भन्न सकिन्छ । तसर्थ, दूरदर्शिता अपनाऔँ । दूरदर्शिता नभएको नेता र पार्टीको कुनै काम छैन त्यो कुरा नयाँ र नौलो पनि होइन । आजको मात्र होइन यो रोग नेपालमा धेरै वर्षदेखिको हो । तसर्थ, यो पहिले थाहा पाउनुपर्ने हो । तर, आज नै थाहा पाए पनि केही बिग्रँदैन । थाहा भने पाउनैपर्छ । नत्र नेतृत्व छोड्नुपर्छ । विदेशमा नेपाली युवालाई बलिको बोको बनाउन पाइँदैन ।
Leave a Reply