भर्खरै :

समाजवादी अध्ययन समूहको आयोजनामा ‘श्रमिक’ को अध्ययन गोष्ठी

समाजवादी अध्ययन समूहको आयोजनामा ‘श्रमिक’ को अध्ययन गोष्ठी

नारायणगढ, ८ पुस । समाजवादी अध्ययन समूह चितवनको आयोजनामा स्तालिनको १४५ औँ र माओ त्सेतुङको १३० औँ जन्मजयन्तीको अवसरमा ‘श्रमिक’ साप्ताहिक वर्ष ३० अङ्क ४८ को छलफल तथा अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्ला अध्यक्ष हरिप्रसाद दुवालले स्तालिनको जीवन सङ्घर्षको पाठबाट तत्कालीन सोभियत सङ्घको सामाजिक र राजनैतिक अवस्था बुझ्न सहयोग मिल्छ भने माओ त्सेतुङको जीवनीबाट चीनको सामाजिक, सांस्कृतिक, राजनैतिक तथा आर्थिक अवस्थाको जानकार हुन्छ भन्नुभयो । क्रान्तिकारी नेताहरूको जीवन सङ्घर्षबाट पाठ सिकेर नेपाली माटो सुहाउँदो राजनैतिक सङ्घर्षलाई अघि बढाउनुपर्ने अध्यक्ष दुवालले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले अमेरिकी साम्राज्यवादको उक्साइमा इजरायलले प्यालेस्टिनी नागरिकमाथि बमबारुद गर्नु मानव सङ्कट निम्त्याउनु हो भन्नुभयो ।
मोहनबहादुर प्रजाले ‘श्रमिक’ साप्ताहिकले प्यालेस्टिनीमाथि इजरायलको बर्बरताविरुद्ध नियमितरूपमा लेख र समाचार प्रसारित गर्दै आइरहेको हुन्छ भन्नुभयो ।
कार्यक्रममा भरतपुर महानगर समिति सदस्य रविन प्रधान, विद्यार्थी रामबाबु चेपाङले पनि ‘श्रमिक’ साप्ताहिकबारे छलफल गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *