भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, १४ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा भएको ‘बहा बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने नारासहित योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा शनिबार भव्य कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुर नपाले योमरी पुन्हीको अवसर पारेर नगरका विभिन्न क्षेत्रमा रहेका बहाबहीहरू अवलोकन गराउने उद्देश्यले योमरी उत्सव र सम्पदा पदयात्राको आयोजना गरेको हो ।
पदयात्रा सम्पन्न भएपछि गोल्मढीमा आयोजित समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नपाले नेपालभाषाबाट प्रकाशित गरेको ‘प्रगतिशील भजन म्येँ मुना’ नामक पुस्तक विमोचन गर्नुभयो ।
उहाँले भन्नुभयो, “बेलायती यात्री ई.ए. पावेलले भक्तपुर नघुमेको यात्रीले विश्वको आधा भाग नघुमेजस्तै हुने बताएका थिए । यो भनाइले भक्तपुरको सांस्कृतिक सम्पदाको महत्व पुस्टि गरेको छ । पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नयाँ पुस्ताको साझा सम्पत्ति हो ।”
सांसद सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्षज्यूले २०५८ सालमा सांस्कृतिक नगर घोषणासम्बन्धी विधेयक दर्ता गराउनुभएको थियो; २२ वर्ष भयो, सरकारहरूले विधेयक पारित गरेनन्; सांस्कृतिक सम्पदा संरक्षण भए पर्यटन उद्योगसमेत प्रवद्र्धन गर्न मद्दत पुग्ने थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालयको विधेयक संसद्मा पुगेको ८ वर्ष भयो तर सरकारहरूले पारित गरेनन् । राणा शासनले जनतालाई नपढाई १०४ वर्षसम्म अन्धकार युगमा राखेको थियो । गणतन्त्रमा पनि त्यही भइरहेको छ ।”
“प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नै छैन । प्रधानमन्त्रीहरूले आफ्ना छोराछोरीलाई हेर्ने होइन, देशभरिका जनताका छोराछोरीलाई हेर्नु जरुरी छ । जनताका छोराछोरीलाई राम्रोसँग नपढाई विदेशीसँग पैसा लिनको निम्ति पास गराउनु सरकारले जनतालाई धोका दिनु हो ।” सांसद सुवालले भन्नुभयो ।
“जनताका छोराछोरीलाई वैदेशिक रोजगारीमा पठाएर प्राप्त विप्रेषण रकमबाट भारतसँग दाल, चामल, तरकारी किन्नु सरकार जिम्मेवार नहुनु हो । सरकारले देशको सन्तुलित विकास गरी कृषिमा आत्मनर्भिर बनाउनु आवश्यक छ ।” उहाँले भन्नुभयो ।
उहाँले सबै भाषा र संस्कृतिका जनता मिलेर युद्धको विरोध गर्नु जरुरी छ; संसारमा इजरायल र अमेरिकाले प्यालेस्टिनमा गरेको जातीय नरसंहारको विरोध भइरहेको छ; नेपाल मजदुर किसान पार्टीले काठमाडौँ, काभ्रे, जुम्ला, दैलेख, कालीकोट, बाँके, कैलाली, भक्तपुर, ललितपुरमा जुलुस र सभा गरी युद्धको विरोध गर्दै छन् भन्नुभयो ।
उहाँले संसारका धेरै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा सबै जातजाति र भाषाभाषीका जनता एकआपसमा मिली भाइचारा सम्बन्ध कायम गरी बसिरहेको र नेपाल पनि त्यसमध्ये एउटा हो भन्नुभयो ।
छिमेकी देश भारतले बुद्ध भारतमा जन्मेको भनी दुष्प्रचार गर्दा पनि नेपाल सरकार मौन बस्नुमा सरकारको औचित्यमाथि प्रश्न उठेको बताउँदै उहाँले नेपाली जनशक्ति विदेश पठाएर रेमिट्यान्सको भरमा देश सञ्चालन गर्ने सरकारको नीतिको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षण र लोपोन्मुख अवस्थामा रहेका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले विविध गतिविधिहरूलाई जोड दिँदै आइरहेको बताउनुभयो ।
भक्तपुरमा रहेका बहाबहीहरू आफैँमा एउटा अमूल्य सम्पत्तिको रूपमा रहेको चर्चा गर्दै उहाँले बौद्ध दर्शनमा भौतिकवादी दृष्टिकोण भएको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले १२ औँदेखि १५ औँ शताब्दीसम्म भक्तपुरमा रहेका थुप्रै मल्लकालीन सम्पदाहरूको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
बहाबही चिनाउने उद्देश्यले आयोजना गरिएको सम्पदा पदयात्राले नेपालमा बौद्ध धर्म र दर्शनबारे खोजमूलक अध्ययन अनुसन्धानमा समेत टेवा पुग्ने उहाँले बताउनुभयो ।
बौद्ध दर्शनका अध्येता डा. पुष्परत्न शाक्यले भक्तपुर नपाको आयोजनामा भएको भक्तपुरका प्राचीन बहाबही अवलोकन कार्यक्रम बौद्ध दर्शन र संस्कृतिप्रति जागरण ल्याउने ऐतिहासिक कदम भएको बताउनुभयो ।
भक्तपुर नपाले जनतामाझ गरेका प्रतिबद्धताअनुसारको काम गरिरहेको उल्लेख गर्दै उहाँले संरक्षणको अभावमा रहेका बहाबहीको अस्तित्व हराउँदै अवस्था सिर्जना हुन नदिन गरेको यस किसिमको प्रयास सराहनीय भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, भनपा ७ का वडाध्यक्ष उकेश कवां र भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सम्पदा पदयात्रामा सहभागी बहाबहीका प्रतिनिधि र गुँला बाजा समूहका प्रतिनिधिहरू तथा सहयोगीलाई मायाको चिनो प्रदान गर्नुभयो ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नगरका ठाउँ ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरू राखिएको थियो । ¥यालीमा हजारौँ सङ्ख्यामा नगरवासीहरूको उत्साहजनक सहभागिता थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको टौमढीमा पदयात्राको उद्घाटन गर्नुभएको थियो । यात्रामा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बहाबहीका प्रतिनिधिहरू, स्वयम्सेवक, सङ्घ संस्थाका प्रतिनिधि, खेलकुद समिति, गुँला बाजा समूह, डाफाभजन, स्काउट, विद्यार्थी, महिला, शिक्षक, व्यापारी, व्यवसायी, पत्रकार, लेखक नगरवासीहरूलगायतको सहभागिता थियो । टौमढीबाट सुरु भएको सम्पदा पदयात्रा गोल्मढीको यातामा पुगी सम्पन्न भएको थियो । सम्पदा पदयात्रा अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकीर्ति (थथुबही), ज्येष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क), चतर्ब्रह्म (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौ), दीपङ्कर (क्वाठण्डौ), कुलरत्न (क्वाठण्डौ), धर्मकीर्ति (क्वाठण्डौ), आदिपद्म (सूर्यमढी), खुसीबाहा (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो), झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन भएको थियो ।
Leave a Reply