जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
टोम्मासो क्याम्पानेला सन् १५६८ मा इटालीमा जन्मेका थिए । गरिब भए पनि उनी राम्रो विचार र तीक्ष्ण बुद्धिका थिए । उनले दर्शनशास्त्र विषय अध्ययन गरेका थिए । अन्धविश्वास गर्ने धर्मगुरू र भ्रष्ट न्यायाधीशहरूलाई उनी पराउँदैनथे । २४ वर्षको उमेरमै उनले लेखेको एक लेखलाई लिएर एकजना साथीले विश्वासघात गर्दा पक्राउ परे । त्यसैको अभियोगमा उनीविरुद्ध ज्यान सजायको फैसला भयो । तर उनलाई बहुला सम्झेर ज्यान सजायबाट आजीवन कैदमा परिवर्तन भयो ।
२७ वर्ष कारागारमा बसेपछि उनले ‘घमाइलो सहर’ (The city of the Sun) नामक महत्वपूर्ण पुस्तक लेखे । एकजना राम्रो धर्म गुरूको सहयोगमा उनले झ्यालखानाबाट मुक्ति पाए ।
‘घमाइलो संसार’ भन्ने पुस्तकमा उनले लोग्नेमानिस र स्वास्नीमानिस समान भएको वर्णन गरे । उक्त किताबमा सबै जनताका छोराछोरीलाई सानैदेखि पढ्न पाउँथे; मैत्रीपूर्ण जीवन बिताउँथे; समाजको सम्पत्तिलाई कसैले निजी बनाउन सक्दैनथे; झूट बोल्ने र जनताबिच झगडा लगाउने फटाहाहरूलाई त्यो समाजमा घृणा हुन्थ्यो; चित्रकला र विज्ञानलाई त्यो समाजले महत्वपूर्ण विषय मान्थ्यो; कामचोर, अल्छी र विलासी जीवन त्यस समाजका मानिसहरू मन पराउन्नथे; शिक्षालाई तिनीहरू गणतन्त्रको जग मान्थे; हरेक कामलाई तिनीहरू कर्तव्य र अनुशासनको रूपमा लिन्थे; महिलाहरूलाई समेत त्यस समाजमा युद्ध कला सिकाउँथे ।
त्यस अपूर्व समाजका मानिसहरू अरूको सहयोग गर्न मन पराउँथे । तिनीहरू दासप्रथा र विदेशको विषाक्त संस्कृतिलाई रूचाउन्नथे । त्यस समाजमा वर्तमान नेपालका नेताहरूलाई जस्तै शासन गर्ने नेताहरूलाई भनी घृणा गर्दैनथे बरू घृणाको सट्टा दाजुभाइ जस्तै व्यवहार गर्थे ।
त्यस समाजका बाली नलगाएका खेत हुन्नथ्यो । बाँझो जग्गा हुन्नथ्यो । त्यस समाजमा धेरै कानुन थिएन, नेपाल र पुँजीवादी समाजमा जस्तै कानुन धेरै जटिल वा दुई अर्थ लाग्ने नभई सरल हुन्थ्यो; त्यहाँ कारागार पनि थिएन ।
त्यस समाजका मानिसहरू बनावटी, चिप्लो घस्ने, फुर्कने, झूठा प्रशंसा गर्दैैनथे ।
×xxx
फ्रान्सेली समाजवादी नेता बाबेफ
फ्रान्सलाई समाजवादको मातृभूमि पनि भनिन्छ, जहाँ धेरै प्रकारका समाजवादी विचारकहरूको उदय भयो । बाबेफ क्रान्तिकारी उपायबाट समाजवाद स्थापनाको कल्पना गर्थे ।
ज्याँ मेल्ये अर्का फ्रान्सेली समाजवादी थिए जसले आपसमा बाँड्नुपर्ने वस्तु रहेसम्म समाजका झै–झगडाहरू, मन–मुताब, घृणा, रिस र द्वेष भइरहन्छ भन्ने विश्वास गर्थे । यसको अर्थ उत्पादनका साधनहरू सामाजिकीकरण भए पनि उत्पादित वस्तु पनि समाजकै भएमा वितरणमा समानता रहनेछ ।
यसरी समाजवाद र साम्यवादका धेरै दार्शनिक र विचारकहरू फरक फरक चिन्तन र भिन्न भिन्न उपायहरूको आ–आफ्ना रचनाहरूमार्फत समाजमा आमूल परिवर्तनको वकालत गरे । ती कति आजको समाजमा प्रचलित सांस्कृतिक एवं सामाजिक जीवनसँग मेल खान नसक्ने भएका छन् अर्थात् कल्पनाभन्दा धेरै अगाडि बढिसकेका छन् ।
तर, ती साम्यवादी र समाजवादी विचारकहरूका चिन्तनका विषयहरू आज पनि दिशा निर्देशकको रूपमा काम गर्ने खालका छन् । सन् १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’ को प्रकाशनपछि कति विचारकहरूका ठम्याइहरू व्यावहारिक देखिएनन् र राम्रो देखिएका विषयहरू पनि आफँै नभई इतिहासको कसीमा घोटेर हेर्नुपर्ने देखियो । त्यसको अर्थ हो – समाज वर्गसङ्घर्षहरूबाट अगाडि बढ्दै गयो र कुनै पनि शोषकवर्ग र शासकहरूले सुनको किस्तिमा तल्लोवर्ग र विचारकहरूको चिन्तनअनुसार आ–आफ्नो निजी सम्पत्ति र शासन सत्ता सजिलै छोड्दैनन् र व्यवस्थामा पनि मौलिक परिवर्तन गर्न मान्ने छैनन् । यसको उपाय हो इतिहासले कोरेको बाटोबाट मात्रै राम्रो व्यवस्थाको निम्ति कोरेका क्रान्तिकारी सुधारहरू व्यवहारमा लागु हुनेछ ।
Leave a Reply