महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिका नगर शिक्षा शाखाको विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिको संयोजनमा यहाँ भइरहेको अटिजमबारे दुईदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा समितिका अध्यक्ष एवं भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै बालबालिकाको सर्वाङ्गीण विकासको लागि पाठ्यक्रम र पाठ्यपुस्तकभन्दा बाहिर गएर पनि काम गर्नुपर्ने आवश्यकताबोध गरेर समितिले अटिजमको बारेमा कार्यक्रम राखेको र यसले शिक्षकहरूलाई धेरै मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमले अटिजमबारे जनचेतना जगाउन सघाएको बताउँदै उहाँले अटिजमका बालबच्चालाई बेवास्ता गर्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं समितिका सदस्य ज्ञानसागर प्रजापतिले अटिजमबारे दुईदिने कार्यक्रम समापन भए पनि अटिजमबारे वास्तविक कार्यको क्रम स्कूल स्कूलमा अब सुरू हुने विश्वास व्यक्त गर्दै यहाँ सिके जानेका कुराहरू स्कूलका सहपाठी अन्य शिक्षकहरूलाई पनि बाँड्न आग्रह गर्नुभयो ।
शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले कार्यक्रममा सहभागी शिक्षकहरूमध्ये सक्रिय सहभागिताले आयोजक समितिलाई उत्साहक मिलेको बताउँदै सिकेको सीप समाजमा उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशिक्षक अटिजमविज्ञ सुरेन्द्र बज्राचार्यले भक्तपुर नगरपालिकाप्रति आभार व्यक्त गर्दै यो कार्यक्रमले अटिजमबारे थप कार्यक्रमको लागि बाटो खुलेको विचार व्यक्त गर्नुभयो ।
अर्का प्रशिक्षक कृपा श्रेष्ठले अटिजमको लक्षणप्रति ध्यान दिनुपर्ने र चाँडोभन्दा चाँडो अटिजम पत्ता लगाउनुपर्नेमा जोड दिँदै बच्चाको व्यवहारमा परिवर्तन गर्न अभिभावकले पहिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।
अटिजमलाई नबुझ्दा धेरै परिवारको विखण्डन भएको अनुभव सुनाउँदै उहाँले अटिजमका बच्चाहरूमा आउने ससाना सकारात्मक परिवर्तनमा पनि अभिभावकले खुसी हुन जान्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सहभागीहरूको तर्फबाट आदर्श आजाद माविका सीताराम भ्वयद्यो र लिटिल वल्र्ड स्कूलकी रीता हाछेथुले कार्यक्रम अत्यन्त फलदायी भएको र आगामी दिनमा यसबारे थप कार्यक्रम हुने अपेक्षा गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षकद्वय बज्राचार्य र श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।
Leave a Reply