स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
राजनीतिक भागबन्डा नगरी सत्ता नटिक्ने र सत्तामा नगई पार्टी टिकाउन गा¥हो मान्ने सत्तासीन दलका नेता र मन्त्रीहरूकै कारण देशको स्थिति अस्तव्यस्त भएको हो र राजनीतिप्रति जनतामा वितृष्णा फैलेको हो । त्यसैले ती दलका नेताहरू दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न जस्तोसुकै काम गर्न पछि पर्दैनन् । ती दलका नेता र मन्त्रीहरूले सिद्धान्त, विचार, इज्जत, आस्था, नैतिकता, चरित्र र इमान जमानको ख्याल गर्दैनन् । दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्तामा सेवा भाव भएन, इमानपूर्वक काम गर्ने विचार भएन, त्यसअनुसारको कार्यकर्तालाई प्रशिक्षित गरिएन भने देशको लागि सही जनशक्ति तयार हुँदैन । देशको आम्दानी या भएको सम्पत्ति स्वाहा गर्ने कार्यकर्ता तयार गरेर देश बन्दैन । सरकारको नेतृत्व गर्ने दलका नेता र मन्त्रीहरू मुलुक र जनताप्रति इमानदार, बफादार एवम् जवाफदेही भएनन् भने देश कसरी बन्छ ?
देशमा यावत समस्या छन् । सरकार समस्या सम्बोधन गर्नेतर्फ लागेको देखिँदैन । सरकार गठन हुँदा जनतालाई राहतको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता गर्छ । तर, त्यो प्रतिबद्धता कागज र भाषणमा मात्र सीमित हुन्छ । प्रतिबद्धता जनाउने काम नगर्ने, अडान या बोलीवचन फेर्ने, लोभ देखाउने, आश्वासन बाँड्ने, झूटको खेती गर्ने काममा सत्तासीन र ठूला दलका नेताहरू लागिरहेका हुन्छन् । किसानले मल पाएका छैनन् । संविधानअनुसार विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क शिक्षा पाएका छैनन् । ठेकेदारहरू विकासको पैसा बैङ्कमा राखी विकास नगरी ब्याज खाँदै छन् । उद्योगधन्दा राम्ररी विकास गर्न सकेको देखिँदैन । नयाँ नयाँ उद्योग खोलेर देश र जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नसकेको देखिँदैन । युवाहरू स्वदेशमा रोजगार नपाएर बिदेसिएका छन् । सरकारी कलेजहरू बन्द भए, सयौँ नर्सिङ कलेज बन्द भए । विश्वविद्यालयको स्थिति नाजुक छ । अन्धविश्वास र अन्धपरम्परा यथावत छ । गरिबी बढ्दो छ । तस्करी, कालाबजारी ठेकेदार र अपराधीहरूको बोलवाला बढ्दो छ । संस्कार, संस्कृतिमा विकृतिले छोएको छ । न्याय र समानता छैन । पालैपालो सत्तामा पुग्ने, राज गरेर देशको राजस्वमा दाइँ गर्ने काम भइरहेको छ । यसकारण, यो पुँजीवादी बन्दोबस्त नै फेर्नु आवश्यक छ ।
Leave a Reply