अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
नेपालका राजनैतिक नेताहरूले नियुक्ति गरेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई दोस्रोपटक ७ दिन थुनामा राख्ने अनुमति विशेष अदालतले दियो ।
यसरी शिक्षित र सुसंस्कृत परिवारका व्यक्तिहरूसमेत जनता र देशलाई रसातलमा पु¥याउने काममा तल्लीन रहे । विदेशको सल्लाहमा ज्यान सजाय खारेज गर्ने र विदेशमा श्रमिक पठाउने नीति नेपाली काङ्ग्रेसकै पालामा सुरु गरेको तथा विदेशी मुद्रा विशेषतः ‘डलर’लाई देशमा खेल्न दिएकै कारण नेपाली मुद्राको मूल्य घटाएको हो ।
हरेक व्यक्तिले आफ्नो देशको मुद्राको तुलना अमेरिकी डलरसँग गर्न थाले । तर, नेपालमा १ बोतल मिनरल वाटरको मूल्य १५ रूपैयाँ हुँदा न्युयोर्कमा १ बोतल मिनरल वाटरको एक डलर अर्थात् १४० रूपैयाँ पथ्र्याे । एक छाक दालभात र दुई टुक्रा माछा लिँदा १२ डलर पथ्र्याे जब कि नेपालमा त्यही खाना दुई चार सत्न्दा बढी जाँदैनथ्यो । चीनमा बुनेको एक जोर लुगाको नेपालमा ५० रूपैयाँले दिन्थ्यो भने त्यही सामान न्युयोर्कमा ५ देखि १० डलर अर्थात् ५०० देखि १००० पथ्र्यो ।
यसरी हेर्दा नेपालको मुद्राको मूल्य डलरसँग दाँज्दा घटेको होइन बरु संयुक्त राज्य अमेरिकी साम्राज्यवाद हतियारको उत्पादक र व्यापारी देश भएको कारण घटेको हो । त्यसको दाँजोमा उसको डलरको मूल्य बढाएको हो । यसकारण, नेपालजस्तो गरिब मुलुकले अमेरिकासँग व्यापार गर्नु र आर्थिक सहयोग लिनु दुर्भाग्यपूर्ण हुन्छ ।
एसियामा अमेरिकी डलरको मूल्य २ रूपैयाँ छ । हाम्रो देश नेपालमा किन १०० भन्दा बढी पर्छ ? प्रजग कोरियामा १९५०–५३ सम्मको ‘डलर’ लाई स्वीकार गरिन्न, किन ? १९५०–५३ सम्म संयुक्त राज्य अमेरिकाले प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा आक्रमण गरेको हुँदा ती समयको डलर कोरियामा चल्दैन । यसकारण, ‘डलर’ नभई हुन्न भन्ने कुरा सरासर झूटा हो ।
तर, दुर्भाग्य ! नेपालीहरूलाई काम गर्न संयुक्त राज्य अमेरिकामै पठाइन्छ । सरकारले नर्सहरूलाई काम र उचित तलब नदिँदा ‘नर्सको देश छाड्ने लर्को’, लेख्यो– १८ माघ २०८० को नागरिक दैनिकले ।
शासक राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूबारे जनताको गुनासो बढ्दै छ । ‘कोशी प्रदेशमा राज्यको ढुकुटीमाथि ब्रह्मलुट’, ‘सबै नेतालाई अध्यादेशबाट गाडी र सेवा सुविधा थप’ (नेपाल समाचारपत्र– १८ मा २०८०) ।
समाचारपत्रमा लेखिएको छ, “अख्तियारको निर्देशन पालना गर्न सरकार उदासीन’ । यसको अर्थ हो – कुराले होइन, कामले सरकार कमजोर छ । यसबारे १८ माघको राजधानी दैनिकले मुख खोल्यो, ‘मन्त्री हेरफेरमा प्रधानमन्त्री असफल ।’ मानिस आफ्नो खुट्टामा उभिनुपर्छ र देशलाई पनि आफ्नो खुट्टामा उभ्याउनुपर्छ । भनिन्छ, ‘अरुको भरको सरकार सधैँ कमजोर तथा आफ्नो मात्रै सरकार बलियो, केही दिनको भए पनि !’
सम्भवतः प्रधानमन्त्री प्रचण्डलाई थाहा छैन होला– नेपाल सरकारद्वारा प्रतिबन्धित इराकमा कसरी पुगे २० हजार नेपाली ? (राजधानी १८ माघ २०८०) । यसबारे नेपाली काङ्ग्रेसलाई पक्कै थाहा हुन्छ । अर्को टिप्पणी छ, ‘श्रमिकको सारथी बन्दै एनआरएनए इराक’ । अर्को निर्वाचनमा प्रम एनआरएनएकै नेता हुनेछ अथवा त्यस संस्थाकै सल्लाहमा सरकार बन्नेछ ।
इराक–अमेरिकाको युद्धको बेलामा बम्बईमा तालिम गर्दै कुवेतको बाटोबाट नेपालीहरू इराक पठाउँथे । यसको अर्थ हो – इराकको विरोधमा संरा अमेरिका र भारतीय प्रतिक्रियावादीहरू एक थिए ।
‘नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने’, ‘भारत र चीनको आर्थिक वृद्धि हुँदा अमेरिकाको न्यून ।’ हुन त भौतिक नियमअनुसार सबै शक्ति र वस्तु खिइँदै र कमजोर हुँदै जानेछ । एकदिन सूर्य पनि अँध्यारो हुँदै जानेछ । दास व्यवस्था कमजोर हुँदै काम नलाग्ने हुँदै गएपछि सामन्तवादले त्यसको ठाउँ लियो । पुँजीवादले सामन्तवादलाई जित्यो । १९१७ मा रूसमा पुँजीवादको ठाउँमा समाजवादको उदय भयो, जो संसारमा चालु छ ।
बेलायतको साम्राज्यमा सूर्य डुब्दैनथ्यो । पछि फ्रान्समा नेपोलियनको जगजगी देखियो । पछि अमेरिकी साम्राज्यवाद दोस्रो विश्व युद्धमा अगाडि आयो । त्यस्तै अर्थतन्त्रको वृद्धिमा संरा अमेरिकाले ‘भारत र चीनको तुलनामा न्यून’ हुने प्रक्षेपण ग¥यो । सम्भवतः अमेरिकी राष्ट्रपति बाइडेनले इरानसँग युद्ध नचाहेको बतायो । अब संरा अमेरिका एक ‘¥हासोन्मुख शक्तिको’ रूपमा देखिनेछ । गलत कामको फल सबैले भोग्नै पर्नेछ ।
Leave a Reply