भर्खरै :

नेपालीलाई विपत्तिमा पार्दै नपार्नू !

नेपालीलाई विपत्तिमा पार्दै नपार्नू !

भदौ १० गते
भोटेकोसीमा भेलबाढी आयो
बाढी मापनयन्त्र के भयो ?
सरकारको ढङ्ग कसरी पुगेन ?
रसुवा, धादिङ, नुवाकोट,
चितवन, गोरखा जिल्लाका
बस्ती बजार कसरी डुब्यो ?
जनधनको क्षति कति भयो ?

ए सरकारका जिम्मेवारहरू !
खोजी, उद्धार, राहत,
उपचार र पुनःस्थापनामा
ढिला भएको गुनासो के हो ?
अनियमितता र पक्षपात
भयो कि कतै !?
सहयोग पीडितसम्म पुगेन कि ¤?
भ्रष्टाचार कतै भयो कि ¤?

ए सरकारहरू !
नेपालको भूगर्भअनुसार
सुरक्षित ठाउँमा बस्ती बसाल्नू !
नेपालीले कति पीडा भोग्नु ?
जोखिम क्षेत्र नदी किनारामा
बस्ती बसाल्दै नबसाल्नू !
नदीको बहाव नाप्ने
हाइड्रो ल्याव चाँडो बनाउनू !
अब उप्रान्त नेपालीलाई
विपत्तिमा पार्दै नपार्नू !
(२०८३ भदौ १२ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *