गाईजात्रा
- भाद्र १२, २०८३
पातै झरे अर्को वर्ष फेरि आउला
रुखै ढले कहाँ बस्ला पात, कहाँ हाँगा पलाउला
म तिम्रो गाँस हुँ, तिम्रो चैनको बास हुँ
म तिम्रो आस हुँ, तिमीभित्रको सुवास हुँ
चिन्यौ कि चिनेनौ, कि नचिनेझैँ ग¥यौ
म तिम्रो संसार हुँ, तिमीभित्रको सास हुँ ।
नङ गए लुगाजस्तै फेरि आउला
हातै गए कहाँ बस्ला औँला, कहाँ नङ पलाउला ?
म हरियाली हुँ, म प्रकृति, कीटपतङ्ग हुँ
म सभ्यता, जिन्दगी जिउने एक ढङ्ग हुँ
चिन्यौ कि चिनेनौ, कि नचिनेझैँ ग¥यौ
म तिम्रो जिन्दगीको अभिन्न अङ्ग हुँ
बाली मरे अर्को पाला फेरि लाउँला
माटै मरे कुन गर्भमा बस्ला बीउ, कहाँ बाली लगाउला !
म सहकार्य, म सहजीवन, म अखण्ड हुँ
तिमी छौ यति उद्दण्ड, म सभ्यताको सुगन्ध हुँ
चिन्यौ कि चिनेनौ, कि नचिनेझैँ ग¥यौ
म हिमाल, रुख, नदी हुँ, म नीलकण्ठ हुँ ।
बाटो गए बाटोबिना वनैवन हिँडुँला
धर्ती गए कहाँ रहला बाटो, कहाँ जीवन पाउँला !
Leave a Reply