भर्खरै :

बक्सिङ सङ्घका खेलाडीलाई खेलकुद सामग्री वितरण

बक्सिङ सङ्घका खेलाडीलाई खेलकुद सामग्री वितरण

भक्तपुर, १९ माघ । इको प्यानल नेपाल प्रा.लि.ले भक्तपुर जिल्ला बक्सिङ सङ्घका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण तथा चियापान कार्यक्रम एक समारोहबिच शुक्रबार सम्पन्न भयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घलाई वर्षको ५० हजार रूपैयाँ बराबर खेलाडीहरूलाई सहयोग गर्ने सम्झौताअनुसार बक्सिङ खेलाडी विकल भ्वय्द्योलाई इको प्यानलका सिइओ कृष्णभक्त दुवालले खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखुले खेलकुदलाई ठुलठुला कम्पनीहरूले सहयोग गर्दै आएकोमा देशको अस्थिर राजनीतिका कारण कमी आएकोमा अहिले सानो सानो सहयोग सुरु भएको बताउनुभयो ।
इको प्यालनका सीईओ कृष्णभक्त दुवालले कर्पोरेट सोसियो रेस्पन्स अथवा सामाजिक कार्यक्रमअन्तर्गत सहयोग गरेको बताउँदै खेलले देशको नाम विदेशमा उच्च राख्ने भएकोले सहयोग गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलकुदको विकास गर्न र खेलाडीहरूलाई उत्साहित गर्न सहयोग गर्नुभएकोमा इको प्यानललाई धन्यवाद दिँदै खेलकुदमा पक्षपातका कारण छनोट खेलमा जित हासिल गरेर पनि अवसर नपाउँदा खेलाडी निराश हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ सङ्घका उपाध्यक्ष सुरोज ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *