माओले साहित्यको मूल्याङ्कन कसरी गर्नुभएको छ ?
- फाल्गुन ५, २०८१
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारबाट सुरु
भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल खेल प्रतियोगिताको उद्घाटन आइतबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ‘खेलकुद स्वास्थ्यको निम्ति हो’ भन्दै खेलकुदले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो । खेलाडीहरूलाई खेलले अनुशासित बनाउने हुनाले भक्तपुर नगरपालिकाले हरेक वर्ष निरन्तर आयोजना गरिरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र मित्रताको लागि थप ऊर्जा दिने बताउँदै खेलाडीहरू देश र जनताप्रति समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
खेलकुदमा गरेको लगानी कहिल्यै खेर नजाने उल्लेख गर्दै उहाँले निजी दर्ता नभएको जग्गा सरकारको हुन्छ र सहिद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि तगारो हाल्ने प्रतिगामी कदमलाई जनस्तरबाट विरोध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता खेलकुद महोत्सवको रूपमा सञ्चालन हुने बताउँदै उहाँले यस प्रतियोगितामा भक्तपुरका ७५ वटा विद्यालयका २२०० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगसँगै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै खेलाडीहरूलाई अवसर प्रदान गर्न हरेक वर्ष विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, नियमित खेल प्रशिक्षण र समयसमयमा खेलकुद सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले ७ दिनसम्म सञ्चालन हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजनाले १० वटै वडामा १५ वटा खेलकुदका गतिविधि हुने र पूरै नगर खेलकुदमय भई यो सातालाई खेलकुद महोत्सवको रूपमा मनाइने जानकारी दिनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर नगरपालिकाले खेलकुदलाई महत्व दिँदै नगरभित्र रहेका ७५ वटा विद्यालयहरूलाई प्रतियोगितामा समावेश गराउन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा ९० वटै विद्यालयहरूलाई सहभागी गराउन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदले विद्यार्थीहरूको जीवनलाई सक्रिय बनाई शारीरिक र मानसिकरूपमा तन्दुरुष्ट बनाउने तथा विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा मद्दत पु¥याई देश विकासमा खेलकुदले महत्वपूर्ण योगदान पु¥याउने विचार व्यक्त गर्नुभयो ।
उहाँले साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने धारणा व्यक्त गर्दै खेलकुद पूर्वाधारको विकासमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले मित्रता, अनुशासन र आत्मरक्षाको लागि खेलकुद अपरिहार्य रहेको बताउँदै विद्यार्थीहरूले शिक्षा सँगसँगै खेलकुद र स्वास्थ्यलाई अगाडि बढाउनुपर्ने विचार राख्नुभयो । उहाँले हरेक विद्यार्थी कुनै न कुनै खेलमा संलग्न हुनुपर्नेमा जोड दिँदै युवाहरूलाई बिदेसिनबाट जोगाई देशमै आफ्नो पहिचानसहित सक्षम नागरिक बनाउन सरकारले उचित भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन हुने १५ विधाका विभिन्न खेलकुद प्रतियोगिताले सिङ्गो भक्तपुर खेलकुदमय हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले खेलको माध्यमबाट नगरलाई चिनाउन विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने हुनाले खेलकुद पूर्वाधारको विकास गरी देशको लागि योग्य नागरिक बनाउन भक्तपुर नगरपालिकाले समय समयमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भइसकेपछि घोषणापत्रबमोजिम खेलकुद क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउँदै नगरपालिकाले खेलकुद प्रशिक्षकको व्यवस्था, उत्कृष्ट खेलाडी सम्मान र विद्यालयस्तरीय तथा अन्तरनगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिँदै आइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सहिद स्मृति खेल मैदानलाई सुधार गरी कभर्ड हलको रूपमा विकास गर्न सकेमा विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरपालिकाद्वारा आयोजित खेलकुद प्रतियोगितामा ७५ वटा विद्यालयले प्रतियोगितामा भाग लिएको जानकारी गराउँदै खेलकुद प्रतियोगिता सञ्चालनमा योगदान गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवाल र भक्तपुर नपा वडा नं. ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा खेलाडीको तर्फबाट टेबुलटेनिस खेलाडी लिब्सा सुवाल र रेफ्रीको तर्फबाट श्रीप्रसाद कोजूले प्रतियोगिता सभ्य र भव्यरूपमा सम्पन्न गर्न सपथ लिनुभएको थियो ।
उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरूले खेल प्रदर्शन गरेका थिए ।
यसअघि भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरू भएको ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
¥याली सुरु हुनुअघि भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले प्रतियोगितामा भाग लिने विद्यालय तथा खेलाडीहरूलाई अनुशासितरूपमा खेलमा भाग लिने अपेक्षासहित वडा वडामा हुने खेलहरूबारे जानकारी दिनुभयो ।
¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, स्वयम्सेवकहरू, धिमे बाजा, विभिन्न विद्यालय र प्रतियोगी खेलाडीहरू, नपाका खेलकुद प्रशिक्षार्थीहरू, टीम, क्लव, पुस्तकालय, सहकारी संस्थाका प्रतिनिधि, खेलप्रेमी तथा वडाका खेलकुद समितिका पदाधिकारीहरू, भक्तपुर नगरपालिकाका कर्मचारीहरूलगायतको सहभागिता थियो ।
Leave a Reply