भर्खरै :

जनतालाई दिनुपर्ने विद्युत् भारतलाई दिने कार्य विदेशमुखी

जनतालाई दिनुपर्ने विद्युत् भारतलाई दिने कार्य विदेशमुखी

नुवाकोट, २१ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले विदुरका स्थानीय जनतासँग आइतबार भेटघाट गर्नुभयो ।
भेटघाटको क्रममा सचिव सुवालले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले कृषिमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
देशको शिक्षा व्यवस्था र प्रणाली राम्रो भए युवा विद्यार्थीहरू विदेश जाने क्रम घट्दै जाने विचार व्यक्त गर्दै उहाँले जनताको बस्ती बस्तीमा पु¥याउनुपर्ने जलविद्युत् भारतलाई दिने हस्ताक्षर गरेर विदेशमुखी काम गरेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेमकिपा कहिले पनि पद र भागबन्डामा नलागेको विचार व्यक्त गर्दै उहाँले देश र जनताको सेवा गर्नु नै पार्टीको लक्ष्य भएको बताउनुभयो ।
नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनताको दुःख सुख बुझ्न जनताको घर आँगनमा पुग्नुपर्ने प्रसङ्ग उल्लेख गर्नुभयो ।
भेटघाटमा उहाँले भन्नुभयो, निर्वाचनताका आ–आफ्नो जिल्लालाई स्वर्ग बनाउने बखान गर्ने तर जितेपछि काठमाडौँमा भवन बनाएर ऐस आरम गर्ने शासकहरूले जनतालाई विश्वासघात गरिरहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै भेटघाट सोही दिन रसुवाको जिजिरेमा पनि गरियो ।
उक्त भेटघाटमा पनि सचिव सुवालले राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै जनताका समस्याबारे जानकारी दिन आग्रह गर्नुभयो ।
भेटघाटमा स्थानीय जनताले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, सामूहिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यटन, पशुपालन र आलु उत्पादनमा प्रवद्र्धन गर्नुपर्ने, उत्पादित नेपाली सामान बिक्री गर्ने वातावरण तयार गर्नुपर्ने आदि सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *