रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
काठमाडौँ, २२ माघ । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा सोमबार अपराह्न ४ बजे सुरु भयो ।
तेस्रो अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकमा आकस्मिक समय र विशेष समयमा बोल्ने व्यवस्था नहुँदा लाखौँ रूपैयाँ खर्च गरी बसेको बैठकको औचित्यमाथि प्रश्न उठ्यो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक वा विशेष समयमा बोल्ने व्यवस्थाको लागि अनुरोध गर्नुभएको थियो । तर, शासक दलहरूको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कसैलाई बोल्न नदिने सहमति गरियो ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमा संसद् जनताको सार्वभौमसत्ता प्रयोग गर्ने थलो, सरकार गठन, सरकारलाई नियन्त्रण र निर्देशन दिने थलो भएको बताउनुभयो ।
सभामुख घिमिरले संसदीय गतिविधि जीवन्त भएको उल्लेख गर्दै प्रतिनिधिसभाको बैठक कार्यतालिका बनाएर अघि बढाउने बताउनुभयो ।
मन्त्रीहरू विदेशको पन्ध्र वटा कार्यक्रममा गएको सूचीसमेत बैठकमा सभामुखबाट वाचन हुँदा सांसदहरू समय खेर गएको अनुभूति गर्दै थिए ।
सत्तापक्ष र प्रमुख विपक्षीबिच भागबन्डा नमिल्दा सङ्घीय संसद्को महासचिव कार्यवाहकमै सीमित भयो । एमालेका पद्मप्रसाद पाण्डेलाई सभामुख र अध्यक्षले महासचिवमा नियुक्ति गरे पनि नेकाका राष्ट्रपतिले स्वीकार गरेनन् ।
माओवादी गृहयुद्धको दस वर्षमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको अवधि २०८० पुस मसान्तमा सकिएको हुँदा २०८१ असार मसान्तसम्म थप्ने सरकारको बाधा अड्काउ फुुकाउ आदेश सदनमा पेस भयो । विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने भनिए पनि माओवादीले बेपत्ता, यातना, बलात्कार र हत्यासमेतका घटनालाई मेलमिलापबाट टुङ्गो लगाउने तयारी गर्दै छ । यसको पीडितहरूले विरोध गर्दै छन् ।
सांसदहरूलाई वितरण गरिएको कार्यतालिकाअनुसार यो माघ महिनामा प्रतिनिधिसभाको बैठक २२ गते र २४ गते बस्नेछ भने फागुन महिनामा ६, १०, ११, १३ र १४ गते बस्नेछ । अन्य दिनमा समिति बैठक बस्ने भनिएको छ । कार्यतालिका लागु हुनेमा शङ्का गरिएको छ ।
Leave a Reply