जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १ फागुन । कक्षा ११ र १२ स्तरीय संयुक्त परीक्षा समिति भक्तपुरको वार्षिक कार्य तालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रबारका दिन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले हाजिरी जवाफ प्रतियोगिताले व्यक्तित्व विकासमा सहयोग गर्नुका साथै अध्ययनमा पनि सहयोग हुने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त परीक्षा समिति भक्तपुरका अम्बिका न्याईच्याईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आदर्श आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसी, वागीश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र शिक्षकहरू मङ्गलेश्वर ध्वजू र भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा वागीश्वरी मा.वि. तर्फका विद्यार्थी खुशी राई, लोकेशराज रञ्जित, आपसरा कुँवर प्रथम स्थान, जोरपाटी मा.वि.का सहदेव ढकाल, अल्दीप राई, सीमा थापामगर दोस्रो स्थानमा, बासु मा.विका राजेन्द्र रोकाया, सुप्रिया सुलु, सपना मानन्धर तेस्रो र वागीश्वरी मा.विका रसु लिगल, प्रकाश रोकाया, नमुना तिवारी चौथो भएका थिए ।
Leave a Reply