भर्खरै :

तेश्रो भक्तपुर कप फूटबल प्रतियोगिता हुने

तेश्रो भक्तपुर कप फूटबल प्रतियोगिता हुने

काठमाडौँ, १ फागुन । तेस्रो भक्तपुर कप खुला फूटबल प्रतियोगिता हुने भएको छ । भक्तपुर युवा टीमको बैठकले यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गरायो । प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ ।
आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्वितीय हुने उपविजेता टीमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टीम क्लवले दर्ता शुल्क १२ हजार पाँच सय तोकिएको उहाँले बताउनुभयो । खेल अवधिभर खेलाडीहरूको बिमाको जिम्मेवारी आयोजक टीमले लिने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा युवा टीमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्वअध्यक्ष तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टीमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरूबारे चर्चा गर्नुभयो ।
भक्तपुरमा फूटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरूप तेस्रो संस्करणको प्रतियोगिता गर्न लागेको आयोजक टीमले जनाएको छ ।
भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टीम २०५० सालमा गठन भएको थियो । टीमले पहिलो पटक २०७८ फागुन ६ देखि १४ सम्म खुला पहिलो भक्तपुर कप र दोस्रो पटक २०७९ फागुन ५ देखि १३ गतेसम्म गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *