ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखि माघ २७ गते सम्म भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा भक्तपुर नगरका ९२ वटा विद्यालयमध्ये ८१ वटा विद्यालयले सहभागिता जनाएका थिए भने २२५६ विद्यार्थी यस प्रतियोगितामा सहभागी थिए । १५ वटा विभिन्न खेल विधाहरू भक्तपुरका विभिन्न खेल मैदान, कभर्डहल र नगरका टोलमा खेलाइएका थिए । यस प्रतियोगितामा ८८३ जना विद्याथीहरूले मेडल जितेका थिए । धेरै विद्यालय र विद्यार्थी सहभागी हुने, धेरै मेडल वितरण हुने र धेरै विधाका खेलहरू खेलाइने नेपालको सम्भवतः भक्तपुर नगरपालिकाले आयोजना गर्ने नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुनुपर्छ ।
भक्तपुर नगरपालिका नगर खेलकुदसम्बन्धी नीति २०७४ राजपत्रमा प्रकाशित भयो । त्यही वर्षदेखि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हँुदै आइरहेको छ । ९ वटा विभिन्न खेलबाट सुरु भएको यो प्रतियोगिता आजसम्म आइपुग्दा १५ वटा खेल विधाहरू प्रतियोगिता समावेश भएका छन् । भक्तपुर नगरपालिकाको पाठ्यक्रममा रहेको बाघचाल खेल यो वर्षको खेलकुद प्रतियोगितामा थपिएको खेल हो । आउने वर्षमा पनि विद्यार्थीका लागि नयाँ खेलहरू थपिँदै जाने होला ।
खेलकुद गतिविधिको माध्यमबाट समाजमा अनुशासन कायम राख्ने, स्वस्थ नागरिक तयार गर्ने, धूमपान, मद्यपान र लागुपदार्थ सेवन तथा छाडा संस्कृतिबाट विद्यार्थी युवाहरूलाई बचाउने, देशको सार्वभौमिकता रक्षा गर्ने र स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराई परिश्रम र परिवर्तनप्रति सचेत नागरिक बनाउने र यहाँका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउने अवसर सिर्जना गर्नेजस्ता मुख्य उद्देश्यले आजभन्दा ३७ वर्षअगाडि अर्थात् वि.सं. २०४३ सालमा नै भक्तपुर नगरपालिकाले नगर खेलकुद समिति गठन गरेको थियो । त्यस समयदेखि भक्तपुर नगरपालिका विभिन्न विधाका खेलकुद प्रतियोगिता गर्दै आएको देखिन्छ । धेरै समय अगाडिदेखि भक्तपुर नगरपालिकाले भक्तपुरका युवा विद्यार्थीहरूको लागि सुविधा सम्पन्न खेलकुद प्रशिक्षण स्थल र प्रशिक्षकको व्यवस्था गर्दै विभिन्न खेलहरूको नियमित प्रशिक्षण गराउँदै आइरहेको छ । नगरपालिकाका ८ जना प्रशिक्षकहरूले फूटबल, भलिबल, कराते, टेबुलटेनिस, बक्सिङ र जिम्नास्टिक खेलको नियमित प्रशिक्षक गराउँदै आएका छन् ।

द ग्रेत बिगिनर स्कूलको यूकेजी कक्षामा अध्ययरत सिभिया कर्मचार्यले जिम्न्यास्टिक प्रतियोगितामा आफ्नो खेल कौशलता देखाउँदै ।
विद्यार्थीको चौतर्फी विकासको लागि पढाइ सँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरूको आवश्यकता धेरै हुन्छ । साहित्यिक, सांस्कृतिक कार्यक्रममा सहभागी हुनु र विभिन्न भूगोलहरूको अवलोकन गर्न शैक्षिक भ्रमणमा जानु विद्यार्थीहरूको समग्र विकासको लागि खेलकुद गतिविधिमा संलग्न हुन उत्प्रेरित गर्नु आदि सबै सरोकारवाला सङ्घ संस्थाहरूको कर्तव्य हो । भक्तपुर नगरपालिकाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको लागि भक्तपुर नगरपालिकाले निर्वाह गर्नुपर्ने कर्तव्यको पालना गर्दै विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरेको हुनुपर्छ ।
भक्तपुर नगरपालिकाले विभिन्न माध्यमबाट खेलकुद गतिविधि र प्रतियोगिता गर्दै गराउँदै आएको धेरै समयदेखि हो । तर, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०७४ सालदेखि हो । कोरोना महामारीको वर्षबाहेक भक्तपुर नगरपालिकाले यो प्रतियोगितालाई हरेक वर्ष निरन्तर गर्दै आइरहेको छ । प्रतियोगिता निरन्तर आयोजना गरेको ५–६ वर्षको छोटो अवधिमा यस प्रतियोगिताले सार्थकता पुष्टि गरिसकेको खेलकुद सङ्घका पदाधिकारीहरू बताउँछन् । भक्तपुर नगरपालिकाले नियमित आयोजना गर्ने खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरी आफ्नो स्तर उन्नति गर्ने मौका पाएका खेलाडीहरूले जिल्ला, प्रदेश र राष्ट्रको प्रतिनिधित्व गर्दै खेल्ने अवसर पाउने गरेको उनीहरू बताउँछन् ।
भक्तपुर जिल्लामा हुने खेलकुद गतिविधिमा विगत लामो समयदेखि प्रत्यक्ष संलग्न हुँदै आएका भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण राय भक्तपुर नगरपालिकाले आयोजना गर्दै आएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता नेपालकै सबभन्दा ठुलो प्रतियोगिता भएको बताउनुहुन्छ । यो प्रतियोगिताले निरन्तरता पाउँदै जाने हो भने भक्तपुरको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र परिष्कृत हुने खेलाडीहरू बढ्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।

विभिन्न खेल विधामा पुरस्कृत नविन आधारभूट विद्यालयका विद्यार्थीहरु आफ्नो विद्यालयको भवन अगाडी फोटो खिच्दै ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका जनतालाई नगरपालिकाको गतिविधिमार्फत व्यस्त राख्ने कुरा समयसमयमा बताउनुहुन्छ । यो हप्ता खेलकुदसँग सम्बन्धित भक्तपुरका सबै व्यक्तिहरू अत्यन्त व्यष्त भएका थिए । खेलकुद प्रतियोगिता सफल बनाउन भक्तपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू र जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू सबै आ–आफ्नो जिम्मेवारीअनुसार यो हप्ता खटेको देखिन्थे । विद्यालयका शिक्षक शिक्षिकाहरू पनि खेलाडीलाई प्रतियोगिता स्थलमा पु¥याउने फेरि त्यहाँबाट विद्यालय फर्काउने कार्यमा व्यस्त भएका थिए । विद्यालयका प्रिन्सिपल खेलाडीहरूको लागि खाना, खाजा, जुस व्यवस्थापनमा व्यस्त भएको देखिन्थे । खेलकुद प्रशिक्षक, खेलकुद शिक्षकहरू पनि आफ्ना विद्यार्थीको जितको लागि नयाँ नयाँ खेल शैलीहरू सिकाउन व्यस्त भएको देखिन्थे । विभिन्न खेलकुद सङ्घका पदाधिकारीहरू, रेफ्रीहरू खेलहरू व्यवस्थित गर्न र प्रतियोगितामा निष्पक्ष निर्णय गर्न फिल्डमा थिए । अभिभावकहरू पनि आफ्ना छोराछोरीहरूले के कसरी खेल्ने होला भनी बढ्दो उत्सुकताले खेल हेर्न आएका देखिन्थे र छोराछोरीले मेडल जितेपछि फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै थिए ।
नगरपालिकाले गरेको खेलकुद प्रतियोगिताले खेलकुद प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने खेलाडी, प्रशिक्षक र विद्यालय परिवारमात्र होइन प्रतियोगिता व्यवस्थित गर्न सहयोग गर्न आएका भक्तपुर जिल्लाका विभिन्न खेलकुद सङ्घहरू पनि त्यति नै खुसी रहेको देखिन्थे । भक्तपुर जिल्ला जिम्न्यास्टिक सङ्घका अध्यक्ष दीपककृष्ण प्रजापतिका अनुसार एक समय सिथिल रहेको आफ्नो जिम्न्यास्टिक सङ्घ भक्तपुर नगरपालिकाले गर्ने खेलकुदकै कारण सङ्घका पदाधिकारीहरू एकत्रित भएको र सङ्घ सक्रिय हुन थालेको बताउनुहुन्छ । खेलकुद प्रतियोगिता आयोजना गरेर आफूहरूलाई पनि सम्झेकोमा उहाँ नगरपालिकालाई धेरै धन्यवाद भन्नुहुन्छ ।

तारा मा.वि.का विद्यार्थी जेनिसा तामाङ पोर्टबल खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार लिन तामाङ भेषभुषामा आएकी थिइन् ।
भक्तपुर नगरपालिकाले २०४३ सालमा नगर खेलकुद समिति गठन गरी अन्तरनगरजस्ता खेलकुद प्रतियोगिता गर्न थालेपछि नेपाल सरकारले २०५५ सालमा स्थानीय स्वायत्तता ऐनमार्फत नगरपालिकाले नगर खेलकुद समिति गठन गर्न सकिने प्रावधानको बन्दोबस्त गरेको भक्तपुर नगर खेलकुद समितिका पुर्वअध्यक्ष रवीन्द्र खर्बुजा सम्झनुहुन्छ । भक्तपुर नगरपालिकाले २०७४ सालबाट सुरु भएको विद्यालयस्तर खेलकुद प्रतियोगिता बढ्दै गरेको लोकप्रियताले अबका केही वर्षमा अनिवार्य सबै कार्यपालिकाहरूले खेलकुद प्रतियोगिता गर्नुपर्ने प्रावधान राख्नसक्नेछ । किनभने, भक्तपुर नगरपालिकाको कामको सिको गर्दै नेपाल सरकारले सबै कार्यपालिकाको लागि ऐन, नियम, नीति पारित गरेको अन्य धेरै उदाहरण छन् ।
Leave a Reply