भर्खरै :

विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई अझै व्यवस्थित गर्नु आवश्यक

विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई अझै व्यवस्थित गर्नु आवश्यक

भक्तपुर नगरपालिकाले विगत केही वर्षदेखि आयोजना गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद महोत्सव नगरपालिकाले गर्दै आएको राम्रो काममध्येको एउटा हो । थोरै प्रयासले पनि यो खेल महोत्सव अझै धेरै व्यवस्थित हुनसक्ने ठाउँ देखेको छु । मेरो तर्फबाट केही सुझावहरू प्रस्तुत गर्दछु ।
१. खेल अवधिभर आयोजक, सम्पूर्ण खेलका जिल्ला सङ्घहरू, विद्यालय प्रशासन, खेलाडी एवं प्रशिक्षकहरूलाई सहयोग र समन्वय गर्न एउटा सचिवालयको तड्कारो आवश्यकता महसुस भयो । सचिवालयले खेलकुद महोत्सव सुरु हुनुअघि नै विभिन्न खेलका फारामहरू, खेल हुने विधा, खेलका नियम, खेल हुने मिति, स्थान, समय आदिको बारेमा सबैलाई सुसूचित गर्ने कार्य समयमै भयो भने अन्योल हुँदैन । समयमै सूचना प्रवाह नहुने समस्या देखियो । उदाहरणको रूपमा एथलेटिक्सअन्तर्गत कुन कुन विधामा खेलहरू हुने भन्ने कुरा प्रस्ट थिएन । जिम्मा परेको सम्बन्धित वडामा फोन गरेर बुझ्न खोज्दा स्पष्ट उत्तर मिलेन । खेल सुरु हुनु एक दिनअघि बेलुकातिर मात्र कुन खेल कति गते कति बजे हुने भन्ने सूचना प्रकाशित भयो । त्यतिञ्जेलसम्म विद्यार्थीहरू स्कूलबाट घर गइसकेको अवस्था थियो । उद्घाटनकै दिन बिहानैदेखि एथलेटिक्सका त्ेन्टहरूका खेलहरू सञ्चालन भए । समयमै सूचना नपाएको कारण खेलाडीहरू खेलस्थलमा समयमै पु¥याउन सकस भयो ।
२. खेलका फारामहरू भक्तपुर नगरपालिकाको वेबसाइटमा राखेर आवश्यकताअनुसार विद्यालयले नै प्रिन्ट गरेर लिन मिल्ने बनाउँदा उत्तम हुन्छ ।
३. आयोजना हुने सम्पूर्ण खेलका सामान्य नियमहरू पनि वेबसाइटमा राख्यो भने नियम नबुझेर हुने समस्याहरू न्यूनीकरण हुन्छ ।
४. केही खेलस्थलमा पर्याप्त पानीको व्यवस्था भएको पाइएन ।
५. सचिवालयले भाग लिने सम्पूर्ण खेलाडीहरूको रेकर्ड राख्दा राम्रो हुन्छ । पदक जित्नेको रेकर्ड त अनिवार्य भयो । सहभागी अन्य खेलाडीहरूको पनि रेकर्ड राख्नुपर्ने हुन्छ । यसको लागि एउटा डिजिटल सिस्टम बनाउँदा उपयुक्त होला ।
६. हरेक दिन सचिवालयले सम्पूर्ण खेलस्थलबाट रेकर्ड सङ्कलन गरी त्यस दिनसम्ममा कुन स्कूलले कतिवटा पदक जित्यो भनी तालिका सार्वजनिक गर्दा राम्रो हुन्छ । जुन यो वर्ष सुरु भएको छ । यसलाई निरन्तरता दिनुपर्दछ । यसले प्रतिस्पर्धात्मक भावना विकास गराउँछ ।
७. विद्यालयहरूमध्ये समग्रमा सबैभन्दा बढी पदक जित्ने विद्यालयलाई एक वर्षको लागि दिने गरी ठुलो कप (रनिङ कप) को व्यवस्था गर्दा राम्रो हुन्छ ।
८. प्रतियोगिता अवधिभर खेलाडीहरू घाइते भएको अवस्थामा स्वास्थ्य उपचारबीमाको बन्दोबस्त भए राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *