के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
वि.सं. २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,९१,१६,४७८ रहेको छ । नेपालको अर्थतन्त्रमा कृषि र रेमिटेन्सको महत्वपूर्ण योगदान रहेको छ । नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान ३१.७ प्रतिशत र रेमिटेन्सको ९.१ प्रतिशत रहेको छ । कृषि क्षेत्रले कुल रोजगारको ६५ प्रतिशत ओगटेको छ भने करिब ८० लाख युवाहरू विदेशमा रहेको अनुमान छ । सोही जनगणनाअनुसार नेपालको जनसङ्ख्या वृद्धि दर ०.९२ प्रतिशत रहेको छ । नेपालमा रहेका ७५३ पालिकाहरूमध्ये भक्तपुर नगरपालिका पनि एक हो । भक्तपुर नगरपालिका देशको सानो नगरपालिका हो । यसको क्षेत्रफल ६.८८ वर्ग किलोमिटर मात्र छ । यसको जनसङ्ख्या ७८,८५४ छ भने परिवार सङ्ख्या १८,८५४ र घर सङ्ख्या १२,२०० रहेको छ । भक्तपुर नगरका मानिसहरूको मुख्य पेसा कृषि नै हो भन्ने पर्यटन उद्योग दोस्रोमा पर्दछ । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरू यहाँको आम्दानीका मुख्य स्रोतहरू हुन् । भक्तपुर नगरमा केही हेक्टर जमीनमात्र कृषि उत्पादनको लागि प्रयोग हुन्छ । यहाँको मुख्य उत्पादन धान, गहुँ, मकै, हरियो सागसब्जी र गेडागुडीहरू हुन् । कुखुरापालन व्यवसाया यो नगर आत्मनिर्भर छ । यस नगरमा एक औद्योगिक क्षेत्र छ । जहाँ कपडा, डेरी, काष्ठकला, रङ्ग, सेरामिक्स, बुनाइ, नेपाली कागज र धातुका सामग्रीहरूका उद्योगहरू सञ्चालित छन् । धान, चिउरा, काष्ठकला उद्योग, फर्निचर उद्योग, सिलाइ र बुनाइ, पौवा र थाङ्का लेखन, गलैँचा, धातुको सामग्री, माटोको भाँडाकुँडा आदि यस सहरका अन्य औद्योगिक उत्पादनहरू हुन् ।
नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७९ मा ‘प्राविधिक मजदुरहरूलाई आवश्यक तालिमपछि साइकल, मोटरसाइकल, मोटर, मोबाइल, कम्प्युटर, टीभी, रेडियो, फ्रीज, हिटर, विद्युत् जडान, पाइप र किचेतको मर्मत गर्ने, खाना तताउने माइक्रोओभन, लुगा धुने वासिङ मेसिन आदिको मर्मत तालिम दिएर पानी तान्ने मेसिनसमेतको ज्यासल बनाई युवाहरूलाई रोजगारको व्यवस्था गर्न स्थानीय तहले तदारूकता देखाउन आवश्यक छ । सम्भावना भएका गाउँ र नगरपालिकाहरूलाई स–साना जलविद्युत् परियोजना सञ्चालन गर्न उत्साहित गर्नु आवश्यक छ । यस कार्यले जनताको ठुलो सेवा हुनेछ । वर्षको एक खर्बभन्दा बढी रुपियाँको खाद्यान्न, तरकारी र फलफुलको निम्ति विदेशी मुद्रा खर्च भइरहेकोलाई घटाउन पालिका एवम् सहकारी संस्थामार्फत तरकारी खेती, माछापालन, पशुपालन, कुखुरापालनसहित कृषि उत्पादनमा प्राथमिकता दिन नगरपालिकाहरूले कृषि शिक्षाको कक्षा सञ्चालन र तालिम प्रदान गर्नु आवश्यक छ । साथै कृषि अर्थतन्त्रमा आत्मनिर्भर बनाउन पालिकाका जनतालाई शिक्षित गर्ने, घर घरबाटै इँटा ढुङ्गा, सीसा, प्लास्टिक, काँच, फलामका काँटी किलाजस्ता सामान अलग गराई पुनः प्रयोगमा पठाउने तथा कुहिने फोहोरबाट प्राङ्गारिक मल बनाउन उत्साहित गर्नेलगायतका योजनामा गम्भीरता देखाउनु आवश्यक देखिन्छ’ उल्लेख छ । नेपाल मजदुर किसान पार्टी स्थानीय तह निर्वाचन, भक्तपुर नगरपालिकाको घोषणापत्र २०७९ को बुँदा नं. ९ मा “युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशील ऋणको व्यवस्था गर्ने र युवाहरूलाई फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, पानी तान्ने पम्पलगायत घरेलु सामग्री मर्मत तालिम दिने” उल्लेख छ ।
नेपालको संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू दिएको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूले भक्तपुर नगरपालिकामा शतप्रतिशत जितेको सर्वविदितै छ । पार्टीका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरूलाई पूरा गर्न क्रियाशील छन् । नेमकिपा र नेमकिपाका उम्मेदवारहरूले भक्तपुरलाई पुरानै ढाँचा कायम राखी शिक्षा र स्वास्थ्य सुलभरूपमा दिनुका साथै युवाहरूलाई उद्यमशीलता ऋण दिई रोजगार दिनको लागि प्रयासरत छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय निकायलाई संविधानले तोकिएका क्षेत्राधिकारभित्रका विषयमा कानुन बनाई कार्यान्वयन गर्ने अधिकार रहेको छ । यही अधिकारलाई प्रयोग गर्दै भक्तपुर नगरपालिकाले धेरै विषयमा कानुन बनाई कार्यान्वयन गर्दै आएको छ । गत २०७९ पुस महिनामा बसेको भक्तपुर नगरपालिकाको ते¥हौँ नगर सभाले भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको कार्यविधि, २०७९ पारित गरेको छ । नगरभित्रका युवाहरूको लागि रोजगारीको सृजना गर्नको लागि युवा उद्यमशीलताको ऋण दिई विदेशमा जान नपर्ने परिस्थिति नगरपालिकाले तयार गर्न खोजेको छ । यस कार्यविधिको प्रस्तावनामा उल्लेख गरिएको छ, “भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १६ वर्षदेखि ४५ वर्षसम्मका बेरोजगार एवं आर्थिकरूपले कमजोर (गरिब) तथा विपन्न युवाहरूलाई उद्यमशील बनाउन धितो जमानी वा धन जमानीमा सहुलियतपूर्ण ब्याज दरमा ऋण उपलब्ध गराई युवाहरूलाई स्वदेशमै व्यापार व्यवसाय गरी रोजगारी सृजना गर्न र उद्यमशीलता प्रवद्र्धन गर्न वाञ्छित भएको हुँदा भक्तपुर नगरपालिका प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा ५ बमोजिम भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको कार्यविधि, २०७९ बनाई लागू गरिएको छ ।” प्रस्तावनाका अनुसार स्वदेशमै रोजगारी दिनको लागि युवाहरूलाई ऋण दिने स्पष्ट कुरा उल्लेख छ । जुन एकदमै सराहनीय काम हो ।
यस कार्यविधिको दफा २ ले युवा उद्यमशीलता प्रवद्र्धन ऋणसम्बन्धी व्यवस्था गरेको छ । जसअनुसार उद्यमशील युवाहरूलाई ऋण उपलब्ध गराउन नगरपालिकाले वार्षिक बजेट व्यवस्थासहित युवा उद्यमशीलता ऋण कोषको स्थापना गर्नेछ । उक्त कोषको व्यवस्थापन र सञ्चालन नगर कार्यपालिकाले तोकेबमोजिम हुनेछ । यस कार्यविधिबमोजिम दिइने ऋण माग गर्दा धितो जमानी वा धन जमानीमा ऋण माग गर्न सकिनेछ ।
यस कार्यविधिको दफा ३ ले युवा उद्यमशीलता प्रवद्र्धन ऋणको सीमा र सर्तहरूको व्यवस्था गरेको छ । जसअनुसार सुरक्षणबिना ऋण माग गरेको अवस्थामा बढीमा रु. १,००,०००।– (एक लाख रूपैयाँ) सम्म, ऋण मागकर्ताले दुई जनासम्म आफ्नो नातेदार धन जमानी राखी ऋण माग गरेमा बढीमा रु. ३,००,०००।– (तीन लाख रूपैयाँ) सम्म, ऋण मागकर्ताले आफ्नो वा आफ्ना नातेदारहरूको सम्पत्ति धितो जमानी राखी ऋण माग गरेमा बढीमा रु. ५,००,०००।– (पाँच लाख रूपैयाँ) सम्म ऋण दिने व्यवस्था छ । लिइएको ऋणको चुक्ता अवधि ऋण लिएको मितिले ५ वर्षको हुनेछ । ऋणको वार्षिक ब्याजदर ६ प्रतिशतको दरले लिइनेछ । उपलब्ध गराइने ऋण कुनै एक परिवारको एक जना सदस्यलाई मात्र उपलब्ध गराउन सकिनेछ । स्वीकृति ऋण रकम एकमुष्ट वा किस्तामा उपलब्ध गराइनेछ । उपलब्ध गराइएको ऋण निवेदकले व्यवसायको क्रममा दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरिएको खण्डमा बाँकी ऋण वा उपलब्ध गराउनुपर्ने ऋण रोक्का राखी कारबाही गरिनेछ । दिइने ऋण प्रत्येक आ.व. मा प्रति वडा बढीमा दस जनासम्मलाई उपलब्ध गराइनेछ । लिइएको ऋणमा ऋण लिएको मितिदेखि ब्याज गणना गरिनेछ र किस्ताबन्दीमा ऋण चुक्ता गर्दा घटे, घटाएको सावाँपछि बाँकी सावाँको मात्र ब्याज लाग्नेछ । युवा उद्यमशीलता प्रवद्र्धन ऋण लिन चाहने युवाले आफ्नो व्यावसायिक कार्य योजनामा उल्लेखित व्यवसाय यस न.पा.को सम्बन्धित वडामा दर्ता गर्नुपर्नेछ । यस न.पा. क्षेत्रभन्दा बाहिर गरिने व्यवसायको लागि यस कार्यविधिबमोजिम ऋण उपलब्ध गराइने छैन ।
यस कार्यविधिको दफा ४ ले ऋण माग गर्न आवश्यक प्रक्रियाहरूको सम्बन्धमा उल्लेख छ । जसअनुसार ऋण माग गर्ने युवाले निवेदन र निवेदनमा उल्लेखित प्रक्रियासहित वडा समितिमा पेस गरी सिफारिस लिनुपर्नेछ । निवेदन पेस गर्दा व्यावसायिक कार्य योजना पेस गर्नुपर्नेछ । निवेदन प्राप्त भएपछि सम्बन्धित वडा समितिले जाँचबुझ गरी ऋणका लागि नगरपालिकासमक्ष सिफारिस गर्नेछ । सिफारिस भइआएपछि सो सिफारिससमेत संलग्न गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ । निवेदनमा आवश्यक कारबाही र जाँचबुझ भ.न.पा. आर्थिक प्रशासन शाखाबाट गरी प्रमुखसमक्ष निर्णयार्थ पेस गर्नेछ । पेस भएपछि प्रमुखले ऋण स्वीकृत गर्नसक्नेछ । प्रमुखबाट ऋण स्वीकृत भएपछि भक्तपुर नगरपालिका आर्थिक प्रशासन शाखाबाट ऋण रकम उपलब्ध गराइनेछ ।
यस कार्यविधिको दफा ५ ले ऋणको सावाँ ब्याज असुलीमा व्यवस्था गरेको छ । जसअनुसार ऋण लिएको मितिले दुई वर्ष नाघेको भोलिपल्ट कुल ऋण रकमको २५ प्रतिशत सावाँ र सो दिनसम्मको ब्याज, ऋण लिएको मितिले तीन वर्ष नाघेको भोलिपल्ट कुल ऋण रकमको २५ प्रतिशत सावाँ र सो दिनसम्म बाँकी सावाँको ब्याज, ऋण लिएको मितिले चार वर्ष नाघेको भोलिपल्ट कुल ऋण रकमको २५ प्रतिशत सावाँ र सो दिनसम्म बाँकी सावाँको ब्याज, ऋण लिएको मितिले पाँच वर्ष नाघेको भोलिपल्ट कुल ऋण रकमको २५ प्रतिशत सावाँ र सो दिनसम्म बाँकी सावाँको ब्याज तिर्नुपर्नेछ । उपर्युक्त समयावधिभित्र ऋणको सावाँ ब्याज नतिरेमा तिर्न बुझाउनुपर्ने सावाँ ब्याजको ५ प्रतिशत हर्जना गरी र निजको ऋणमा जमानी बसेका एकापरिवारका सदस्य वा नातेदारलाई नगरपालिकाबाट प्रदान गरिने सेवाहरू वञ्चित गर्न सकिनेछ र निजहरूबाट सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।
यस कार्यविधिको दफा ५ अनुसार यस कार्यविधिबमोजिम भए गरेका कार्यमा विवाद भएमा भक्तपुर नगरपालिका, नगर कार्यपालिकाको निर्णय अन्तिम हुनेछ । दफा ७ अनुसार ऋण असुलीसम्बन्धी यस कार्यविधिमा उल्लेखित व्यहोरा यसै कार्यविधिबमोजिम गरिनेछ र ऋण असुली सम्बन्धमा प्रचलित अन्य नेपाल कानुनसमेतमा उल्लेखित प्रावधानअनुसार ऋणीहरूलाई कारबाही गर्न यस कार्यविधिले बाधा गरेको मानिने छैन ।
Leave a Reply