भर्खरै :

विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग

विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग

भक्तपुर, १० फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सानो ठिमी क्याम्पस हाताभित्र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको विरोधमा भत्र्सना गर्दै क्याम्पस एकाइ समितिले बिहीबार एक विज्ञप्ति प्रकाशित गरेको छ ।
एकाइ अध्यक्ष शम्भु जाउलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सदैव निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाको लागि सङ्घर्षरत छ । प्राज्ञिक क्षेत्रमा भइरहेको भागबन्डा र अनियमितता अन्त्य गर्नुपर्छ । भागबन्डाकै कारण शैक्षिक संस्थाहरू भद्रगोल र ध्वस्त हुँदै छन् । सरकारी क्याम्पसहरूलाई एकएक पाइला गर्दै निजीकरण गरिँदै छ । सरकारले अवलम्बन गरेको नवउदारवादी अर्थनीतिका कारण मजदुर र किसानका छोराछोरी अध्ययनबाट वञ्चित छन् ।
फागुन ९ गते बिहान करिब १० बजे सानो ठिमी क्याम्पस हाताभित्र क्याम्पसमा अध्ययनरत विद्यार्थी रूपेशसिंह ठकुरी र जीवनबम ठकुरीलाई कुटपिट गरेकोमा नेक्राविसङ्घ विरोध एवम् भत्र्सना गर्दछ । क्याम्पसको शैक्षिक वातावरण बिगार्ने छुट कसैलाई छैन । क्याम्पसमा प्राज्ञिक छलफल र बहसको वातावरण बनाउनुपर्छ ।
घाइते विद्यार्थीको स्वास्थ्यलाभको कामना गर्दै दोषीलाई तत्काल कारबाही गर्न नेक्राविसङ्घ जोडदार माग गर्दछ । क्याम्पसमा भयरहित वातावरण सिर्जना गरी नियमित पठनपाठन गराउनको लागि क्याम्पस प्रशासनसमक्ष अनुरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *