यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २१ फागुन । तार्केश्वर नगरपालिका वडा नं ७ स्थित महालक्ष्मी इङ्गलिस हाइस्कूलको ३१ औँ वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले शैक्षिक पाठ्यक्रमको साथै सामाजिक जीवनबाट पनि शिक्षा प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इसान नेपालका अध्यक्ष प्रेमजन थापाले विद्यालय शिक्षा सुधार्न सरकारी नीति नै सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष सनकमान महर्जनले युगको मागअनुरूप पाठ्यपुस्तक मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकास गर्न नृत्य, सङ्गीत, हस्तलेखन, चित्रकला, स्काउट, कराँतेजस्ता विभिन्न कक्षा सञ्चालन भइरहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रिन्सिपल विकास डंगोलले विद्यालयले युगानुकूल शिक्षा प्रदान गरिरहेको विचार व्यक्त गर्नुभयो ।
मनमैजु माविका प्राचार्य रविना महर्जनले निजी विद्यालयमा अभिभावकहरूको सहभागिता उल्लेख्य हुने बताउनुभयो । अभिरमान मास्केले महालक्ष्मी स्कूल तानपाकै नमुना विद्यालय भएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य भक्तिनारायण महर्जनले अहिलेका बालबालिकाले आफ्नो घर परिवारबाट धेरै माया र स्वतन्त्रता पाएको चर्चा गर्नुभयो ।
कार्यक्रममा बाल साहित्यकार छायादत्त न्यौपाने, एसएलसी उत्तीर्ण छात्रा कुसुम महर्जन, पूर्वविद्यार्थी सुमन मान्धर र सुमन अधिकारीले पनि बोल्नुभएको थियो । कार्यक्रममा डाक्टर, इन्जिनियर, सीए आदि बन्न सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।
Leave a Reply