भर्खरै :

आफैँलाई नबिर्सनू !

मातृभूमिलाई बिर्सेर
विदेशी भूमिलाई स्वर्ग नसम्झनु
आफैँलाई बिर्सेर
नेपाली होइन, कहिल्यै नभन्नु ।
यदि
जन्मभूमि जननीलाई घृणा
अपमानित कसैले गर्छ भने
या त
तिनीहरू अहङ्कारी हुन्
या मानसिक रोगी !
देशप्रतिको अपमान
जन्मभूमिप्रति तिरस्कार
यदि कसैले गर्छ भने
त्यो बेइमानी, देशद्रोही हुनेछ !
त्यसैले,
धन सम्पत्तिको मोहमा
चटक्क देश छोडी हिँड्नु
मातृभूमिलाई बिर्सनु
मानवता पक्कै होइन !
स्वाभिमानलाई मुटुमा राखी
शिक्षा, दीक्षा, सिप तिखारेर
केही गर्नु छ स्वदेशमै
फर्कि तिमी आउनु !
देशको मलिलो माटोले
दक्ष, शिल्पी, कर्मठ युवाको
पसिना खोज्दै छ !
आफैँले आफूलाई कहिल्यै नबिर्सनु
कर्मठ निःस्वार्थी सेवाभावले
जन्मभूमिको पिरव्यथा आँसु पुछनेले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *