भर्खरै :

सिचु फल्चा पुनःनिर्माणको सार्वजनिक परीक्षण सम्पन्न

सिचु फल्चा पुनःनिर्माणको सार्वजनिक परीक्षण सम्पन्न

भक्तपुर, १८ चैत । भनपा वडा नं ५ क्वाछँेस्थित सिचु फल्चा पुनःनिर्माण उपभोक्ता समितिको आयोजनामा सिचु फल्चा पुनःनिर्माण कार्यसम्बन्धी सार्वजनिक परीक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले आफ्नो निजी सम्पत्ति संरक्षणको लागि सजग भएजस्तै सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षणको लागि पनि अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भक्तपुरका जनताको साथमा भनपाले सम्पदाहरूको संवद्र्धन र पुनर्निर्माणको कार्य अगाडि बढाइरहेको बताउनुभयो ।
निर्माण कार्य जनसहभागितामार्फत गराउँदा अपनत्व कायम हुनुका साथै गुणस्तरीय पनि हुने भएकोले उपभोक्ता समितिमार्फत काम गराउने भक्तपुर नगरपालिकाको अर्को विशेषता भएको बताउदै उहाँले उपभोक्ता समितिमा बसेर सहयोग गर्ने वडावासीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भनपा सम्पदा उपशाखा प्रमुख रामगोविन्द श्रेष्ठले सम्पदा पुनःनिर्माणको कार्य गर्न धेरै प्रमाण र आधारहरू खोज्नुपर्ने भएकोले समय लाग्ने बताउनुभयो ।
कार्यक्रममा सिचु फल्चा पुनःनिर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष पूर्णगोपाल राजचलले सिचु फल्चा पुनःनिर्माण कार्य तथा आर्थिक विवरण प्रस्तुत गर्दै उक्त पाटी रु. ३७,३८,८४०।- मा सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष सरस्वती सिंख्वालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *