भर्खरै :

वातावरण प्रदूषित : गाडी जाम

वातावरण प्रदूषित : गाडी जाम

भूमिगत तार बिछ्याउने काम धेरै दिनअघि देखि भक्तपुर नगरमा हुँदै छ । बिजुलीको तारलाई भूमिगत गर्नु राम्रै हो । यसले नगरको शोभा बढाउँछ । तर, नेपाल सरकारको कार्यमा समन्वय नभएको हुँदा नागरिकहरूको स्वास्थ्यमा धेरै हानि पु¥याइरहेको अनुभव नगरवासीले गर्दै छन् । पोलिथिन पाइप बिछ्याउन खाल्डो खन्छ, पाइप घुसार्छ । अनि खाल्डो पुर्छ । काम फत्ते गर्छ । ८–९ दिनपछि फेरि खाल्डो खन्छ र केही दिनपछि खाल्डो पुर्छ । खाल्डो खन्ने र पुर्ने कामले गर्दा धुलो उडेर वातावरण प्रदूषित भई घर–घरमा रुघाखोकीको बिरामी बढेको छ ।
अर्काेतिर ट्राफिक जाम भएको छ । यसले गर्दा यात्रुहरू समयमा पुग्न नपाएर काममा बाधा परेको छ । बिरामी पनि एम्बुलेन्समा छटपटिरहेको अवस्था छ । यसरी लगातार धेरै समयसम्म जाम भएको कारण जनजीवनमा समस्या देखिएको छ । यसकारण, नागरिकहरूलाई अप्ठ्यारो नहुने गरी राति राति काम सञ्चालन भएमा जनतालाई राहत मिल्ला कि ? सम्बन्धित निकाय तथा नगरपालिकाहरूको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *