भर्खरै :

एकीकृत बाल तथा शिशु रोग व्यवस्थापानसम्बन्धी वार्षिक समीक्षा

एकीकृत बाल तथा शिशु रोग व्यवस्थापानसम्बन्धी वार्षिक समीक्षा

भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरू तथा भक्तपुर नगरपालिकास्तरीय एकीकृत बाल तथा शिशु रोग व्यवस्थापनसम्बन्धी आर्थिक समीक्षा कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिँदै कार्य गरिरहेको बताउनुभयो ।
तथ्याङ्कको आधारमा विभिन्न योजनाहरू पालिका, प्रदेशस्तर र सङ्घीय स्तरमा बन्ने भएकोले सत्य तथ्य आवश्यक हुने कुरा पनि उहाँले बताउनुभयो । गलत तथ्याङ्कको आधारमा योजना निर्माण गर्दा गलत हुने भएकोले तथ्याङ्क तयार गर्दा बढी संवेदनशील भएर काम गर्नुपर्छ, उहाँले भन्नुभयो । काम सम्पन्न गर्न आवश्यक सामग्रीहरू संस्थामा उपलब्ध हुनुपर्ने र कुनै समस्या भए सम्बन्धित ठाउँमा तुरुन्त जानकारी गराई पूूर्ति गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सबै कार्यालयहरूमा स्तनपान कक्ष राख्ने अवधारणा आएको र अहिले कम्तीमा पनि स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्षहरू राख्नुपर्ने सुझाव दिनुभयो ।
जनस्वास्थ्य कार्यालय, भक्तपुरका एकाइ प्रमुख अस्मिता ओझाले बालरोग मृत्युलगायत स्वास्थ्यका अन्य सूचकहरू सुधार गरी स्वास्थ्य सबल बनाउने उद्देश्यले एकीकृत बाल तथा शिशु रोगको अवधारणा आएको जानकारी गराउँदै स्वास्थ्य कार्यक्रमसम्बन्धी कुनै समस्या देखिए जनस्वास्थ्य कार्यालय समाधानको लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, भक्तपुर मातृ शिशु स्वास्थ्य क्लिनिक, जनस्वास्थ्य केन्द्र, भगवतीस्थान, नगर स्वास्थ्य केन्द्र, व्यासी र आधारभूत स्वास्थ्य केन्द्र सल्लाघारी, भक्तपुरको तर्पmबाट प्रस्तुतीकरण राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *