भर्खरै :

प्रावि शिक्षकहरूको सेवा प्रवेश तालिम

प्रावि शिक्षकहरूको सेवा प्रवेश तालिम

भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूमा प्राथमिक तहमा नयाँ पदस्थापनको लागि शिक्षक सेवा आयोगबाट नवनियुक्त ४६ जना शिक्षकहरूलाई चारदिने सेवा प्रवेश तालिम भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट आरम्भ भएको छ ।
कार्यक्रमको परिचय र सहभागीहरूलाई स्वागत गर्दै विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य रोशनराज तुइतुईले भनपाको विद्यालय अनुगमन समितिको बारेमा जानकारी गराउँदै भित्री मनदेखि शिक्षण पेसालाई इमानदारीपूर्वक आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पहिलो दिन त्रिवि शिक्षा विभाग, विज्ञान तथा वातावरण एवं अनुसन्धान विभागका सहप्राध्यापक मोहन पौडेल र महेन्द्र रत्न क्याम्पसका पाठ्यक्रम तथा मूल्याङ्कनका सहप्राध्यापक आशिक सिं ठकुरीले पाठ योजना तर्जुमासम्बन्धी जानकारी दिनुभएको थियो ।
पाठ योजना तर्जुमा, शिक्षण विधिका विभिन्न पक्षजस्ता प्राविधिक पक्षहरूबाहेक भक्तपुरमा शिक्षाको अवस्था, स्थानीय पाठ्यक्रमको परिचय, विद्यालय र विद्यार्थीहरूका लागि भनपाले गर्ने विभिन्न शैक्षिक क्रियाकलापहरूको बारेमा छलफल हुने कार्यक्रममा अन्तिम दिन मेयर सुनिल प्रजापतिले ‘भक्तपुरमा शैक्षिक उन्नयनको लागि भक्तपुर नगरपालिकाको भूमिका’ का बारेमा प्रवचन गर्नुहुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *