भर्खरै :

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

“आफ्ना बालबालिकाहरूलाई तोकिएअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरौँ,” सरकार भन्छ । तर, भिटामिन ‘ए’ पाउने सस्तो, हरियो तरकारी खाउँ नभन्ने किन होला ?
भिटामिन ‘ए’ जस्ता पोषण तत्वको अभावमा बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ ।
अपहेलित, गुमनाम भिटामिन ‘ए’ ले भरिपूर्ण कर्कलो, करी पत्ता, लट्टे, मेथी, सिस्नो, कर्कलोको नाम लिएपछि त्यस्तो पनि तरकारी हुन्छ र ? के खाने छ्या ¤ भनेर नाक खुम्च्याउनेहरू पनि धेरै भेटिन्छन् ।
कर्कलोमा भिटामिन ए लौहतत्व, क्याल्सियम, विभिन्न अन्य खनिज पदार्थ र भिटामिन ‘सी’, पनि केही मात्रामा हुन्छन् ।
तराईतिर बाटो–बाटोमै कर्कलोको बोट देखिन्छ । तर, कसैले प्रयोग गरेको देखिन्न । बाटामा फलिरहेको कर्कलो किन कसैले नटिपेको भनेर सोध्दा एक महिलाले भनेकी थिइन्, यसमा त विष हुन्छ । खानु हुन्न । वास्तवमा नै यसमा रहेको ‘क्याल्सियम अक्सोलेट’ नामक तत्वको उपस्थितिले यसमा केही विष हुनसक्छ । तर, रातभरि पानीमा भिजाएर वा मज्जासँग पकाएपछि त्यो विषालु तत्व नष्ट हुन्छ ।
तर, अन्य स्वस्थ व्यक्तिहरूलाई स्वादको साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो विभिन्न तरिकाले प्रयोग गर्नु अति उत्तम हुन्छ ।
सस्तो भन्दैमा हेप्न पर्दैन । बट्टाका, प्याकेटका कुहिएका खानेकुराभन्दा त कर्कलो तरकारी प्रयोग गरे हुन्छ ।
लट्टे
गाउँघरमा सजिलै उपलब्ध हुने लट्टेको सँग पकाएर पाहुनालाई दिँदा धेरैले अपमानित भएको महसुस गर्छन् तर ठुला होटलमा त्यही लट्टे मन पराएर खानेहरू प्रशस्तै छन् ।
नेपालका अधिकांश भागमा पाइने लट्टेका विविध नाम छन् । तराई तथा भित्री मधेशमा यसलाई ‘रामदाना’ भनिन्छ । पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’ ।
मधेसका धेरै ठाउँमा गेन्हारीसँग पनि भन्छन् । लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ ।
भिटामिन ‘ए’ को साथै भिटामिन ई, भिटामिन ‘सी’, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि यसमा छन् ।
करी पत्ता
काठमाडौँको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिँदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन । करी पत्ता पोषणको भण्डार नै हो ।
यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रुणलाई स्वस्थ रहन सहयोग गर्छ । मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ ।
यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन् ।
करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् ।
मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्मोन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ ।
‘सिस्नो’
सिस्नोमा भिटामिन ‘ए’, ‘सी’, ‘के’ र ‘बी’ पाइन्छ । भिटामिन ‘ए’ पाइने कुरा किन छलफल नभएको होला ?
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिको रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिको रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन् ।
मेथी
मेथीका दानामा सूक्ष्म मात्रामा, ‘ए’, ‘बी’, र ‘सी’, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिङ्क, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज पनि हुन्छ ।
मेथीका पात हरियो तरकारीको रूपमा पनि प्रयोग गरिन्छ ।
दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ । मेथीमा लौह तत्व हुन्छ । रेसादार तत्व पनि हुन्छ । यसले कब्जियत कम गर्न, पाचन प्रणालीमा सहयोग गर्छ । त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *