भर्खरै :

काठमाडौँमा लेनिन दिवस मनाइयो

काठमाडौँमा लेनिन दिवस मनाइयो

काठमाडौँ, ६ वैशाख । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा कामपा ५ विशालनगरमा विश्व सर्वहारा वर्गका नेता लेनिन जन्म दिवस सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले लेनिनको नेतृत्वमा रहेको बोल्शेभिक पार्टीले गरेको क्रान्ति एक सफल समाजवादी क्रान्ति भएको बताउनुभयो ।
काठमाडौँ महानगरका सचिव सानुकाजी महर्जनले नेपालको परिपे्रक्ष्यमा रुसको बोल्शेभिक पार्टीका नेता लेनिनले झैँ नेपालका शासकमा पुगेको कथित कम्युनिस्ट पार्टी र नेताले काम नगरेको बताउनुभयो ।
उहाँले कम्युनिस्ट पार्टीको उद्देश्य देश र जनताको सेवा गर्न र जनतालाई सचेत पार्नुपर्ने बताउँदै नेमकिपाले झँै जनतालाई राजनैतिक शिक्षा दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका कामपा अध्यक्ष सुरेन्द्र महर्जनले सभापतित्वको आसन गर्दै समाजवादको चरित्रबारे जनतालाई नबताउने पार्टी र कार्यकर्ता कम्युनिस्ट नहुने बताउनुभयो ।
कार्यक्रममा कुलनारायण डंगोल, विश्वास डंगोल, रत्ना डंगोल र नरमान महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *