अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
दैलेख, २५ वैशाख । नेपाल मजदुर किसान पार्टी महाबु गाउँ समिति दैलेखको आयोजनामा माक्र्सको जन्म दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा दैलेखका सल्लाहकार बमबहादुर सिंहले कार्ल माक्र्सले एक दर्शनका अर्थशास्त्री बनेर नयाँ सिद्धान्तको प्रतिपादन गर्नुभएको बताउनुभयो ।
उहाँले संसारका मजदुरहरूमाथि भइरहेको शोषणको कुरा पत्ता लगाई उनीहरूको मुक्तिको निम्ति सङ्घर्षबाहेक अर्काे विकल्प नभएको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति दैलेखका सदस्य दुर्ग थापाले देश र जनतालाई ठग्ने, भ्रष्टाचार गर्ने, अन्याय तथा अत्याचार गर्ने पुँजीवादी शासक अन्त्य गर्न माक्र्सको विचार जनतामाझ पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लक्ष्मी सिंह, टेकबहादुर सलामी, भगीराम थापा र राजकुमारी डाँगीले पनि बोल्नुभएको थियो ।
Leave a Reply