अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २५ वैशाख । देको मिवा इतापाके जग्गा एकीकरण आयोजनास्थित इतापाकेमा ग्राबिल कार्य उपभोक्ता समितिको आयोजनामा सोमबार भेला भयो ।
उक्त भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको सन्तुलित विकासको लागि सबै क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ५० वर्षपछिको कल्पना गरेर यहाँको विकास निर्माण कार्यलाई अगाडि बढाउँदै छौँ ।
भक्तपुर नपाले देको मिवा इतापाके जग्गा एकीकरण आयोजना नाफाको लागि नभई व्यवस्थित सहर निर्माणको लागि भएको बताउँदै उहाँले जनताको सल्लाहबमोजिम नै भक्तपुर नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
आवास आयोजनाको सन्दर्भमा सम्भव भएसम्मका जनताको समस्या सम्बोधन गर्ने क्रममा रहेको उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकता दिइरहेको बताउँदै भक्तपुर नपाले का. रोहितद्वारा लिखित १०० वर्षपछिको पुस्तकलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा काम गर्दै आइरहेको बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन जति, तुल्सीराम धुख्वा, श्यामसुन्दर मातां र कृष्ण गारुले पनि बोल्नुभएको थियो ।
Leave a Reply