अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २५ वैशाख । बाल विकासमा २०६ औँ माक्र्स जयन्ती तथा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले माक्र्सको विचार मानव जीवनको सार तथा मुक्तिको मार्ग हो भन्नुभयो ।
पुँजीवादले युद्ध जन्माउने विचार व्यक्त गर्दै उहाँले माक्र्सले श्रमिकहरू एकजुट हुन सिकाउनुभएको थियो भन्नुभयो ।
उहाँले साम्राज्यवादीहरूले माक्र्सको जीवनलाई नकारात्मक चित्रण गरिरहेकोतर्फ सबै सचेत हुनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा सांसद सृजना सैँजूले माक्र्सको विचारमै टेकेर मजदुर आन्दोलनले सफलता प्राप्त गरेको बताउनुभयो ।
माक्र्सलाई माक्र्स बनाउन जेनी माक्र्सको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले मजदुर आन्दोलन पुँजीपतिहरूको नाफाको विरुद्ध भएको प्रकाश पार्नुभयो ।
साम्राज्यवादी देशहरू नाफाको लागि संसारमा युद्ध गर्न र लाखौँ–करोडौँ मानव संहार गर्न पनि पछि नपर्ने उल्लेख गर्दै उहाँले चीनले अहिले विश्वलाई शान्तिपूर्ण विकासको बाटो देखाउँदै छ भन्नुभयो ।
कार्यक्रममा सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, जयराम कोजू, सुशीला लवजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply