अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३१ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाअन्तर्गत अरनिको राजमार्गमा पर्ने आदर्श चोक कायम गर्ने विषयमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, आयोजनाका प्रमुख तथा प्राविधिकहरू र स्थानीय सरोकारवालाहरूबिच सोमबार छलफल भयो ।
छलफलको क्रममा आदर्श चोक निर्माणको सम्भाव्यता अध्ययन गर्न भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरियो । उक्त कार्य दललाई सोमबारको मितिबाट १५ दिनभित्र आदर्श चोकलगायत निर्माणबारे सम्भाव्यता अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष पेस गर्ने जिम्मा दिइयो ।
सडक निर्माण गर्ने क्रममा स्थानीय जनतालाई आवतजावतमा बाधा पुग्न सक्ने सम्भावनालाई ध्यान दिएर स्थानीय जनताले आदर्शमा चौबाटो कायम गर्ने माग गर्दै आएका थिए । दैनिक हजारौँ विद्यार्थीहरू, स्थानीय जनता आवतजावत हुने उक्त सडकमा अग्ला अग्ला पर्खाल बनाइदिँदा जनतालाई निकै दुःख हुने भएकोले उचित विकल्प दिनुपर्ने माग गर्दै काममा अवरोध गर्दै आएका थिए ।
केही दिनअघि स्थानीय जनताको एक प्रतिनिधिमण्डलले नगर प्रमुख प्रजापतिलाई भेटेर समस्या समाधान गर्न ध्यानाकर्षण गरेको थियो ।
Leave a Reply