सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
काठमाडौँ, ११ जेठ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न १२ः३० बजे सुरु भयो ।
सभामुख देवराज घिमिरेले शून्य, विशेष र आकस्मिक समयमा बोल्ने कार्यसूची नभएको जानकारी दिनुभयो ।
नेकाका सांसदहरूले आकस्मिक समयमा प्रतिपक्षलाई बोल्न समय दिनुपर्र्ने माग राखे ।
नेकाका सांसदहरूले प्रतिपक्षले बोल्न नपाएको संसदीय अभ्यास हुन्छ र भनी प्रश्न गरे ।
सभामुखले उठेका विषयमा कार्यदलको काम भइरहेको हुँदा कार्यसूचीमा प्रवेश गर्न सहयोगको लागि आग्रह गर्नुभयो ।
सभामुखले यसअघिको केही बैठक मर्यादापालकको सहयोगमा प्रमुख विपक्ष नेकालाई घेरामा राखी विषय अगाडि बढाउनुभएको थियो ।
नेकाको जोड बलपछि बैठक जेठ १३ गते बिहान ११ बजे स्थगित गरियो ।
नेकाले सहकारी संस्थाको रकम अपचलन गरेका गृहमन्त्रीको नाम कितेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेपछि बसेको कानुनमन्त्री पद्म गिरीको संयोजकत्वमा रहेको कार्यदलको बैठक निष्कर्षमा पुग्न सकेन ।
कार्यदलमा नेकाका सांसद जीवन परियार एमालेका सांसद महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल रहनुभएको छ ।
कान्तिपुर सञ्चार समूहका अध्यक्ष कैलाश सिरोहिया जेठ ९ गते गृह प्रशासनबाट दुईवटै नागरिकता आरोपमा पक्राउ गरियो ।
सिरोहियाले आफूसँग एउटैमात्र नागरिकता भएको बरु गृहमन्त्री रवि लामिछानेको नेपाल र अमेरिकाको नागरिकता एकसाथ राखी संसदमा निर्वाचित हुँदा समेत उनीमाथि कारबाही नभएको जिकिर गरे ।
सिरोहियाको नागरिकताबारे धनुषा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गृहमन्त्री रवि लामिछानेको दुई देशको नागरिकता र राहदानी, सहकारी संस्थाको अर्बाैँ रुपयाँ, अपचलनसम्बन्धी समाचार कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा समाचार प्रकाशित गरिएको बदलामा गृह प्रशासनले नागरिकताको निहुँ गरी सिरोहियालाई पक्राउ गरेको एक थरीको मत छ ।
अर्काे मत राख्नेले आम सञ्चारमा समाचार आउनु एउटा विषय, एकै व्यक्तिको दुई थरीको नागरिकता हुनु अर्काे विषय भनी सिरोहियाको विपक्षमा बोलेका छन् ।
नेपाल–भारत खुला सीमाको कारण दुई देशका जनताले नागरिकता लिनुको साथै दुई देशका अपराधी एक अर्काे देशमा लुक्ने, चेलीबेटी बेचबिखन हुने र नक्कली नोटसमेत कारोबार हुने भइरहेको छ । यसकारण देशको हितमा हुने विषय अहिले पुनःउठिरहेको छ ।
२०६३ साल यता जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता र २०७९ सालमा नेकाका रामचन्द्र पौडेल राष्ट्रपति हुनेबित्तिकै जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयकमा प्रमाणीकरण हुनुले देशको सार्वभौमिकतामा थप असर पुग्दै छ । शासक दलहरू अपराधीसमेत भागबन्डामा छुटाउनेमा लागिरहेको हुँदा संसद् अवरोधसहितको हालको विवाद यसअगाडिको झैँ परालको आगो हुने अनुमान गर्नेहरू धेरै छन् ।
Leave a Reply