भर्खरै :

चुनाव प्रचारमा देउडा शैलीमा प्रस्तुत भएको गीति प्रतिवेदन

चुनाव प्रचारमा देउडा शैलीमा प्रस्तुत भएको गीति प्रतिवेदन

२०८१ वैशाख १५ गते सुदूरपश्चिम प्रदेशसभाको निम्ति बझाङ क्षेत्र नं. १ (क) को उपनिर्वाचन सम्पन्न भयो । बझाङको जयपृथ्वी नगरपालिका, छबिस पाथिभेरा, खप्तडछान्ना, तलकोट, सुर्मा र मष्टा गाउँपालिकाका विभिन्न स्थानमा नेमकिपाको चुनावी घरदैलो, मतदाता भेटघाट, कोणसभालगायतका गतिविधि भए । उक्त प्रचार अभियानको क्रममा (वैशाख ५ देखि १५ गतेसम्म) बझाङ पुगेको टोलीमा सहभागी नेमकिपा जुम्लाका पूर्वसचिव तथा देउडा गायक हस्त कुँवरले देउडा शैलीमा प्रस्तुत गर्नुभएको आफ्नो अनुभव (गीति प्रतिवेदन) संशोधनसहित प्रस्तुत गरिएको छ – सम्पादक)

प्रेम दाइले फोन गर्नुभो, दुई गतेका दिन ।
हेडक्वाटरले भनेपछि, हुन्न भन्नु किन ।।
जुम्लाबाट आएको नि, तीन महिना भो ठ्याक्कै ।
गोजीमा रुपियाँ नाइत, कैती भन्नु प्याक्कै ।।
बेकामको काँ थिएँर, छँदै थियो काम ।
प्रकाशको फोन पनि आयो, चढाइसकेँ नाम ।।

पाँच गतेको पाँचै बजे, कोठाबाट आएँ ।
पार्टी अफिस गोल्मढीमा, केही साथी भेट्टाएँ ।।
गाडी ल्याई रवीन्द्र आए, खानेकुरा बोकी ।
त्यहाँबाट हिँड्यौँँ हामी, गाडीलाई नरोकी ।।
सानोठिमी टोखाका साथी, बाटोमा थपिया ।
यातायातको लाइन लागी, रोड पर्मिट लिया ।।
केही साथी थपिया फेरि, गुर्जुधारातिर ।
नागढुङ्गाको बाटो काटी, बढ्यो अघिल्तिर ।।
इच्छाकामना खाना खायौँँ, राम्रै रै छ ठाउँ त ।
गन्तव्यमा पुगिँदैन, भनी हाल्यौँँ जाऔँ त ।।
नारायणगढ–बुटवलको बाटो, लाग्या रै छ बन्न ।
गर्मीमाथि धुलो–धुवाँ, कल्लाई जानु भन्न ।।
भूमहीबाट बाटो फेरेएँ, भैरहवा भएर ।
थप धुलो नखाने भयौँँ, त्यो बाटो गएर ।।
नौ नम्बर गेटबाट पस्याँै, महाविहार भित्र ।
सबै हेर्न नपाए नि, देखिन्थ्यो विचित्र ।।
रातिको दस बजिसक्यो, थाकिसके सबै ।
थकाईमाथि खाना अनि, निद्रा थियो दबै ।।
तल उडुस माथि मच्छेड, काम गरेन फ्यानले ।
सुताइको व्यवस्था ठिक्कै, सुख पाएन ज्यानले ।।

पाँचै बजे हिँड्ने भन्यौँँ, गाडीलाई ब्याग गरी ।
चना–अन्डा पाकिसक्यो, हिँडियो प्याक गरी ।।
प्याक गरेको चना–अन्डा, गोरुसिङ्गे खाइयो ।
खोज्दै हिँड्दा खाना खाने, अघैयामा पाइयो ।।
सम्सेरगंजमा भनिहाल्यो, गाडी सुस्तै चला ।
भावना, कुलबहादुर कोहलपुर, आइगन बिजुकला ।।
बाँसगढी, भुरीगाउँ हुँदै, पुग्यौँ चिसापानी ।
निकुञ्जको नियम आफ्नै, समय नजानी ।।
जङ्गलमा चिउरा खाइयो, लाग्यौँ अत्तरिया ।
लागियो पहाडको बाटो, डाँडै डाँडा लिया ।।
स्याउलेबाट बाटो बिर्सी, फेरि फर्की आयो ।
चालक पनि थाकिसक्यो, सा¥है दुःख पायो ।।
डडेल्धुरा तुफानडाँडा, दस बजे बास भयो ।
भोलि बिहान छिट्टै जाने, कुरो त पास भयो ।।

डडेल्धुरा बैतडी हुँँदै, चिसापानी खाना ।
गाडीभित्र हालिहाल्यौँँ, आफ्ना तानाबाना ।।
बेलुका चार बजेतिर, चैनपुर पुग्यो गाडी ।
रमेश दाइ आइगया लिन, मूल बाटोलाई छाडी ।।
होटेलमा खोजेछन् कोठा, टाक्क टुक्क मिलाई ।
व्यवस्था गरेका रै छन्, गएका जतिलाई ।
एकघण्टा भै गयो रेस्ट, टोली हिँड्यो बजार ।
बझाङीको परिहाल्यो, हामीतिर नजर ।।
मादलमा भोट दिनुहोस् भन्दै, अपिल पनि दियौँँ ।
पलायका नयाँ आशा, खुशी पनि भयौँँ ।।
बेलुका समीक्षा भयो, बनाई हाल्या खाका ।
भोलिदेखि जानुपर्छ, अब हामी कहाँका ।।
चुनावको प्रचार गर्न, आइयाछ आउनलाई ।
देउडा गीत बनाए राति, ठाउँ–ठाउँमा गाउनलाई ।।

“यो देशमा बेइमानी ग¥या, हेरि हाल्यौँँ ताल ।
देशको माया भएपछि, मादलमा भोट हाल ।।
यो देशका गद्दारलाई, पठाउनु छ जेल ।
सकिनेछ जतिबेला, विदेशीका खेल ।।
हुनेछ विकास पनि, देशले सुख पाउनेछ ।
जनताको शासन हुन्छ, समाजवाद आउनेछ ।।”

सुर्मादेवी मन्दिर पुग्यौँँ, देवल एयरपोर्ट हुँदै ।
बसपार्कमा कोणसभा भयो, आसपासका गाउँ छुँदै ।।
बजारमा कोणसभा भयो, गीत भाषणको वर्षा ।
शब्द पनि कति राम्रा, तिता मिठा खस्रा ।।
विरोधीले चाल पाइहाले, नेमकिपा आयो ।
लस्करै हिँडेका हामी, बल्लझैँ चाल पायो ।।

भाडे बजार प्रचार ग¥यौँँ, भात मासु बनाया ।
चैतलीका मेला जाने, भुनेर जनाया ।।
ठुलो गाडी लिन्छु भनी, चालकैँ कसियो ।
धेरैले लिएका चिन्ता, बस्न त बसियो ।।
गाउँपालिका रोक्यो गाडी, छविस पाथीभेरा ।
पहिलो चोटि गाडी पुग्यो, चालक भया प्यारा ।।
अबिर जात्रा गर्न लागे, भुनिहाल्या बस ।
नेमकिपा मान्ठ थिए, थपिगयो जस ।।
राजवीरले समाते माइक, नेमकिपा आयौँँ ।
पहिलोचोटि पहिलो ठाउँमा, स्वागत पनि पायौँँ ।।
उपाध्यक्ष वडा अध्यक्ष, अरू पनि थिया ।
अनुराधा भुन्न लागिन्, आयौँ क्याकर विपा ।।
धन्यवादलाई जोडिकन, अनुराधा बोलिन् ।
पार्टीको उद्देश्य लक्ष्य, सबैकुरा खोलिन् ।।
अनि गाडी पुगिसक्यो, चैतलीका चौर ।
कोणसभामा बदलियौँँ, कम्तीका काँ हौँर ।।
ठाउँ–ठाउँबाट आउने रै छ, ठुलो हुने मेला ।
बान्नीमष्टा मन्दिर पुग्यौँँ, एकछिन आउने बेला ।।
सबैकन लाग्या थियो, झर्ने बेला झर्को ।
मूल बाटोमा पुग्यो गाडी, केही भएन अर्को ।।
बगरतिर प्रचार गर्दै, लाग्यो चैनपुरतिर ।
खाना खाई समीक्षा गरी, सुतियो आखिर ।।

प्रचार गर्दै हिँड्यौँँ हामी, लाग्यौँँ तलकोटतिर ।
कुँवर गाउँमा सबै हिँड्याँै, घर–घरमा आखिर ।।
खाना खाने गरे रै छन्, कुँवर गाउँका खोला ।
त्यही दिनको खाना पनि, कति मिठो होला ।।
तलकोटतिर जाने भनी, बस्टीमा रोकियो ।
केही साथीले भाषण गरे, गीत पनि ठोकियो ।।
बाटो राम्रो नभयछि, फिर्ता भयो गाडी ।
रूपातोलातिर लाग्यो, तलकोट दरबार छाडी ।।
कच्ची बाटो हिँड्दा हिँड्दै, टायर पनि गयो ।
अर्को टायर हाल्दा हाल्दै, ढिला पनि भयो ।।

तमैल हुँदै लाग्यौँँ हामी, खप्तड छान्नातिर ।
बाटो पनि फरक–फरक, अल्झियौँ एक फिर ।।
गाउँपालिका पसल बगर, कोणसभा गरियो ।
अनुराधा बोलेपछि, ठाउँ पनि भरियो ।।
मैले पनि गाएँ गीत, आइगन बिजुकला ।
ओरीपोरी भुन्न लाग्या, कति राम्रो गला ।।
राम्रै गरी सुने भाषण, अनि सुने गीत ।
कोही मान्ठ त भुन्न लाग्या, तुम्मै हुन्छ जित ।।
गडराय बजार, कालुखेती, सभा भयो फेरि ।
भाषण गर्छिन् अनुराधा, मान्ठ हेरी हेरी ।।
हाम्रा गीत र भाषणले, विरोधी तर्सिया ।
सिद्धान्त विचारका कुरा, वर्सनु बर्सिया ।।
पानी पर्न थाल्या पछि, छिटो हिँड्नु पर्यो ।
दुई तीन ठाउँ अप्ठ्यारो थियो, त्यइले पनि ग¥यो ।।
खोलामा रोकियो गाडी, धुलो सफा गर्न ।
बाहिर फ्रेस हौँला भनी, लागिहाल्यौँँ झर्न ।।
फेरि पनि पहिला जस्तै, चैनपुरमा बास भयो ।
साँच्चै हामी जिताउँलाकी, भुन्नेजो आस भयो ।।

दुई जनालाई खटाइहाले, सुर्मातिर जाने ।
भनिहाले हामीलाई त, छिटो खाजा खाने ।।
तीन घण्टा त हिँडिहाल्यौँ, भेटिएन गाडी ।
पावर हावसमा बसेका थ्याँै, पर्चाहरू बाँडी ।।
ट्याक्टरमा गयौँँ हामी, दुई घण्टा लाएर ।
प्रचार गर्दै हिँड्यौँ हामी, सुर्मामा आएर ।।
गाउँपालिका मतदान केन्द्र, बस्याँै पनि धेरै ।
सोेचेका थ्यौँ दुःख हाम्रा, जान्नन् कि त खेरै ।।
बाटै बाटो गाउँघर गर्दै, झर्न त झरियो ।
चार पाँच घण्टा हिँडेपछि, रातिमा परियो ।।
अँध्यारो भैगयो फेरि, च्यात्तिगया जुत्ता ।
चैनपुर हामी पुग्नुपर्ने, जानु छैन उता ।।
सुरेन्द्रको मोबाइल अफ भो, मसँग नाइ टर्च ।
रमेश दाइ र प्रकाशलाई, गरिहाल्यौँँ सर्च ।।
मोटरसाइकल पठाएर, अलि भयो हल्का ।
अँध्यारो भिरको बाटो, तेइदिनका झल्का ।।
धेरै हिँड्नु परेपछि, असाध्यै थाकियो ।
समीक्षा भइगो फेरि, केही कुरा राखियो ।।

सबैलाई आएको थियो, भावनाको आँधी ।
दुईजनालाई छोडीकन, भयौँँ बिदाबारी ।।
फेरि पनि चिसापानी, खाना बनाई खायौँ ।
कतै पनि नरोकेर, सुरु सुरु आयौँ ।।
कोही भुन्ना अछाम भै जाने, कोही भुन्नाछन् यतै ।
यतै भुन्ने धेरै भया, लागिहाल्यौँ त्यतै ।।
कञ्चनपुर महेन्द्रनगर, बेलुका बास भयो ।
रु. सयमा खाना खाने, व्यवस्था खास भयो ।।

९–११ होटलमा बास, ठिक्कै ठिक्कै भयो ।
टनकपुरको अवलोकन, टोली त्यतै गयो ।।
अनुराधा उत्तर दिने, सोध्न लाग्या बासु ।
लागिगो देशको माया, थामिएनन् आँसु ।।
जनता सचेत बन, भनेकै छु मैले ।
गद्दारले गरेको गल्ती, फिर्ता गर्ने कहिले ।।
दोेधाराचाँदनी पुग्यौँ, चित्त दुखाइ दुखाइ ।
उसका नहर भरिभराउ, हाम्रो नहर सुकाइ ।।
आजभोलि बनेको रै छ, लामै रै छ पुल ।
झोलुङ्गे पुल हेर्नेको त, हुँदो रैछ हुल ।।
मिनु दाइलाई छोडीकन, लागिगयौँ बाटो ।
बाटोमा जाम भया रै छ, समयको घाटो ।।
त्यै मौकालाई छोपिकन, बनाई हाल्या खाना ।
गर्मीले लगायो लतक, सीतलको चाहना ।।
खाना खायौँ हिँडी हाल्यौँ, चिसापानी आइयो ।
कर्णाली नदी र पुलको, दर्शन पनि पाइयो ।।
भावना, कुलबहादुर, बिजु, कोहलपुरमा झ¥या ।
समयलाई ख्याल गरेर, सबै अघि स¥या ।।
दस बजे भालुवाङ पुग्यौँ, बसिजाऊँ भा भयो ।
हुने र नहुने मान्ठ, त्यै बेला था भयो ।।
निर्देशन भो आफै तिर्ने, सुतेर खाएको ।
अरू पनि उस्तै थिया, खाली भै आएको ।।

बुटवलमा नास्ता भयो, धुल्या बाटो आइगो ।
धुलो धुवाँ गर्मी अनि, झर्को पनि लाइगो ।।
देवघाटमा पकाया खाना, राम्रैसँग खायौँ ।
कतै पनि नरोकेर, काठमाडौँमा आयौँ ।।
अद्ध झरे गुर्जुधारा, सामाखुसी अरू ।
सबैजना आत्तिएका, छिटो हिँडौँ बरु ।।
अनु झरिन् सानोठिमी, सुरेन्द्र बोडेमा ।
राम्रो हुन्छ भनी ठान्यौँ, घर–घरै छोडेमा ।।
तेल हाल्न जगाती घुम्यौँ, ढिला भयो अलि ।
म, सुजी, बासुदेव झ¥यौँ, अस्पतालका तली ।।
प्रकाश, सुपे्रम, राधा, गीता, बाँकी रह्या झर्न ।
हामी पनि बाध्य भयौँ, कोठातिर सर्न ।।
सपना बझाङकै देख्या, राम्रै थिया कुडा ।
शङ्का पनि लाग्दै थियो, ओडा भुन्या पुडा ।।
मादलमै भोट दिउँला भन्थ्या, पलाकै हो आशा ।
अरूले हालेका थिए, आश्वासनका पासा ।।
जसो भयो राम्रै भयो, भया पनि खर्च ।
हामीले भनेका थियौँ, जनताकै भर्छ ।।
भूगोलको अध्ययन भयो, अवलोकन भयो ।
पहिलो चोटि बझाङतिर, टोली पनि गयो ।।
उम्मेदवार खगेन्द्र शाही, ठिक्कै थिए तर ।
यी बझाङका होइनन् भन्थे, दुश्मन घर–घर ।।
आशा जाग्यो सबैकन, सङ्गठन त बन्छ ।
यो भरोसा गरिकन, फेरि जाने मन छ ।।
पहिल्यैदेखि विरोधीका, खाएका पिएका ।
२४ मत दिएका रै छन, होइनन् नदिएका ।।
हामीभन्दा उम्मेदवारलाई, धेरै नै था होला ।
क्यान आयौँ बझाङमा, उनीलाई भा होला ।।
सान्त्वना छ उम्मेदवारलाई, धन्यवाद टोलीलाई ।
कर्म गरौँ सधैँभरि, आश गरौँ भोलिलाई ।।
धेरै गया मेहेनत, धेरै गया वर्ष ।
ठाउँ पुग्दा सिकिँदो रै छ, यही भयो निष्कर्ष ।।
हतियार नचलाइकन, हुँदैन है निष्कर्ष ।।।

गल्ती भया माफ गर्दिनू, बझाङ गई आइकन ।
प्रतिवेदन सुनाइदिनू, अध्यक्ष दाइकन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *