राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
बाँके, १७ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ बाँकेले किसानहरूको आवश्यकताका विषयलाई लिएर बुधबार कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकामा ज्ञापनपत्र बुझायो ।
ज्ञापनपत्र बुझाउने क्रममा नेमकिपा बाँकेका अध्यक्ष बखतबहादुर थापाले किसानको निम्ति आवश्यक रासायनिक मल, बीउ र सिँचाइको व्यवस्था गरी सहुलियतमा दिनुपर्ने र उत्पादन वृद्धि गराउनेतर्फ स्थानीय तहको ध्यानाकर्षण गराउनुभयो ।
वैज्ञानिक खेती प्रणालीमा जोड दिँदै उहाँले नयाँ नयाँ बीउबिजन र माटो उर्वर बनाउन प्राङ्गारिक मल उत्पादनमा ध्यान दिन सके उत्पादन बढेर देशको आर्थिक अवस्था सुदृढ हुने बताउनुभयो ।
किसानहरूको उत्पादन स्थानीय सरकारले उचित मूल्यमा खरिद गर्ने र आवश्यक बजारीकरण गरी किसानहरूलाई बिचौलियाबाट जोगाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।
पालिकाको बजेट सही ठाउँमा सही ढङ्गले परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कोहलपुर नगरपालिकाको फोहर व्यवस्थापन गर्ने सरस्वती वन नजिकको फोहर र झारपातबाट तथा बैजनाथ गाउँपालिका वडा नं. २ को गुनापुर जङ्गलमा खेर जाने झारपातबाट कम्पोस्ट मल बनाउन सकिने बताउनुभयो ।
ज्ञापनपत्र कोहलपुर नगरपालिकामा वीरबहादुर चौधरी र बैजनाथ गाउँपालिकामा तुल्सीप्रसाद आचार्यले पढेर सुनाउनुभएको थियो ।
ज्ञापनपत्र नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष जयबहादुर बुढाले बुझाउनुभएको थियो । छलफलमा हालै हुन लागेको पालिका परिषद्मा कम्पोस्ट मल बनाउन बजेट विनियोजन गरी कार्य सुरु हुने बताइएको छ ।
Leave a Reply