राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
ललितपुर, १६ जेठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षमा सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम ललितपुरस्थित बुङमती, खोकना र काठमाडौँ तराई द्रुतमार्गमा मङ्गलबार सम्पन्न गरे ।
सो कार्यक्रमको समापन समारोहका सभापति एवं वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले एकदिने कार्यक्रममा सिकेका आध्यात्मिक ज्ञानलाई भौतिकवादी दृष्टिकोणले हेनुपर्ने आवश्यकता औँल्याउनुभयो । काठमाडौँ–तराई द्रुतमार्गको प्रसङ्ग उठाउँदै उहाँले विकासको नाममा देश खाने परियोजना काम लाग्दैन भन्नुभयो ।
स्थानीय स्रोतव्यक्ति महेन्द्र ब्रह्माचार्यले स्थानीय जनताको आवश्यकताअनुसारको विकासमात्र दिगो हुने भएकोले द्रुतमार्गले वातावरणीय प्रभाव मूल्याङ्कनसँग मेल नखाएको र वैकल्पिक मार्गको व्यवस्था गर्नको लागि आन्दोलन गरिरहेको बताउनुभयो । स्रोतव्यक्ति महाङ्काल आधारभूत विद्यालय खोकनाका प्रधानाध्यापक कृष्णभगत डंगोलले मूर्त तथा अमूर्त सम्पदालाई नष्ट गर्ने द्रुतमार्गले अन्तर्राष्ट्रिय श्रम सङ्गठन १६९ अनुसार नभएको प्रस्ट्याउनुभयो र सम्पदा संरक्षणमा भक्तपुरबाट धेरै सिक्न सकिने पनि जानकारी दिलाउनुभयो ।
कार्यक्रमका प्रशिक्षक मङ्गलेश्वर ध्वजूले धन्यवाद ज्ञापन गर्दै बुङमती, खोकना, द्रुतमार्ग क्षेत्रको अध्ययन भ्रमणबाट विद्यार्थीहरू लाभान्वित भएको चर्चा गर्नुभयो । विद्यार्थीहरू अस्मिता तामाङ, किशोर बस्नेत, अनुष्का लामाले पनि सिकाइ अनुभवबारे बोल्नुभएको थियो ।
शिक्षाप्रेमी एवं समाजसेवी राजवीर डंगोलले बुङमतीमा स्वागत गर्दै दिनभरको कार्यक्रमबारे टोलीलाई जानकारी दिनुभयो । महाङ्काल आधारभूत विद्यालय खोइचाका प्रधानाध्यापक राजेश महर्जनले पनि खोइचाबारे अभिमुखीकरण गर्नुभएको थियो ।
स्रोतव्यक्ति महेन्द्र ब्रह्माचार्यले काठमाडौँ–तराई द्रुतमार्गको विरोध, वास्तविक अवस्थाबारे स्थलगत अवलोकन गराउनुभएको थियो । साथै विद्यार्थीहरूले निर्माणाधिन रातो मच्छिन्द्रनाथबारे अध्ययन गरेर सरसफाइमा पनि भाग लिएका थिए ।
प्रसिद्ध कार्यविनायकसँगै खोकना बजार घुमेर ब्रह्मायणी मन्दिर हुँदै परम्परागत एवं रैथाने सीप प्रयोग गरेर तेल बनाउने तरिका पनि विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गरे ।
सो टोलीलाई अर्का स्रोतव्यक्ति मन्दिप महर्जनको सहयोगमा चर्चित सिकाली मन्दिर परिसर भ्रमण गरेर अध्ययन टोली भक्तपुर फर्केको थियो ।
Leave a Reply