राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, १८ जेठ । जेन्यूइन स्कूलको आयोजनामा निबन्धकार रोशन शेरचनको पाँचौँ कृति निबन्धसङ्ग्रह ‘गल्ली संसार’ को सेरोफेरोमा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा लेखक एवं निबन्धकार शेरचनले साहित्य कल्पनाको आधारमा मात्र होइन विज्ञानसम्मत भएर लेखिनुपर्ने र साहित्य सृजना मनोरञ्जनको लागि मात्र हुन नहुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “विज्ञानसम्मत साहित्यले अन्धविश्वास, धामी झाँक्रीको परम्परालाई निरूत्साह गर्ने र समाजको सेवा गरिरहको हुन्छ । बजारमा सस्तो र स्तरहीन साहित्य पढ्न नछोडेसम्म त्यस्तो साहित्य प्रकाशन भइरहने भएकोले त्यस्तो साहित्यलाई निरूत्साही गर्नु आवश्यक छ ।”
वनविज्ञ लेखक शेरचनले वन रूखहरूको मात्र विज्ञान नभई वनसँग आश्रित अन्य वनस्पति, जीव जन्तु र मानव समुदायसमेतको सर्वाङ्गीण अध्ययन भएको बताउनुभयो । साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले उत्तम शान्ति पुरस्कारले पुरस्कृत एक गैरआख्यानले न्याय पाएको तथा निबन्धकार रोशन शेरचन एक उम्दा र अध्ययनशील लेखक भएको बताउनुभयो ।
अर्का साहित्यकार राजकुमार बानियाँले शिक्षकहरूमाझ लेखकसँगको साक्षात्कार कार्यक्रमको सराहना गर्दै लेखक र प्रकाशक दुवैलाई बधाई दिनुभयो । पुस्तक प्रकाशक बुकहिलका भुपेन्द्र खड्काले नेपाली साहित्य र भाषाको उत्थानको लागि यस्ता निबन्धहरूको प्रकाशनबारे बहस आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा लेखकसँग भलाकुसारी गर्ने शिक्षक योगेन्द्रमान बिजुक्छेँले निबन्धसङ्ग्रहमा जीव विज्ञान, वातावरण विज्ञान, समाजशास्त्र, मानवशास्त्र, सांस्कृतिक पारिस्थितिकी, नेपाली साहित्यिक फाँटमा निबन्ध लेखनको प्रवृत्ति, दर्शन, सहरी र ग्रामीण जीवन शैलीमा आइरहेको उताव चढावको बारेमा केलाउनुभयो ।
विद्यालयका प्रिन्सिपल अनन्त घिमिरेले लेखक शेरचनको छोटो जीवनी र उनका कृतिका बारेमा चर्चा गर्नुभयो भने सहायक प्रिन्सिपल राजन धौभडेलले धन्यवाद दिनुभएको थियो । सो अन्तरक्रिया कार्यक्रममा पुस्तकका विभिन्न पक्षमा शिक्षकहरूले आफ्नो जिज्ञासा राखेका थिए ।
Leave a Reply