संस्कृति र सम्पदा जोगाऔँ !/थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काऊ !
- मंसिर २५, २०८१
भक्तपुर, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाले स्थापनाकालदेखि नै आफ्ना नेता–कार्यकर्ताहरूलाई निःस्वार्थीपन, इमानदारिता र देशभक्ति सिकाउँदै भ्रष्टाचारविरोधी भावनाको प्रचारप्रसारमा जोड दिँदै आएको बताउनुभएको छ ।
पार्टीको भनपा वडा नं. ६ समितिको प्रथम खुल्ला वडा सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष रोहितले युवा पुस्तालाई सही मार्गमा लगाउन सके देशमा परिवर्तन ल्याउन समय नलाग्ने बताउँदै नयाँ पुस्तामाझ निःस्वार्थी भई इमानदारीपूर्वक जनताको सेवा गर्ने कुरा सिकाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले पार्टी वडा समितिका अध्यक्ष र सेल समिति इन्चार्जहरूलाई पार्टी प्रकाशन प्रदान गरी सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
माक्र्सवाद–लेनिनवाद र माओ विचारधारा कम्युनिस्टहरूको मार्गनिर्देशक सिद्धान्त र विचारधारा हुने उल्लेख गर्दैै अध्यक्ष रोहितले नेपाल र विश्वकै संशोधनवादी र अवसरवादीहरूले कम्युनिस्टहरूको लक्ष्यमाथि विश्वासघात गरिरहेका छन् भन्नुभयो । माक्र्सवाद–लेनिनवाद र माओविचारधाराबाट शिक्षा लिएर कामदारवर्गले सङ्घर्ष नगरेसम्म देश र समाजमा शोषकवर्गकै हालीमुहाली चलिरहनेछ, उहाँले भन्नुभयो ।
अध्यक्ष रोहितले नेपालको किसान आन्दोलन, भूमिसुधारको आंशिक उपलब्धि र मोहियानी हक प्राप्तिले किसानवर्गको आर्थिक मात्र नभई शैक्षिक र सांस्कृतिक स्तर उठानमा उल्लेख्य भूमिका खेलेको बताउँदै त्यसले समाजवादमा बहुमत कामदार वर्गीय जनताको हित हुन्छ भनी जनतालाई बुझाउन सजिलो भएको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सांसद सृजना सैँजूले संरा अमेरिकाको नेतृत्वमा विश्वका साम्राज्यवादी देशहरूले विश्वका समाजवादी, प्रगतिशील र साम्राज्यवादविरोधी देशहरूमाथि प्रत्यक्ष र अप्रत्यक्ष हमला चालु राखेकोे बताउनुभयो ।
उहाँले संरा अमेरिकालगायत पश्चिमा देशहरू समाजवादी देश चीनमाथि घेराबन्दी गर्ने दुष्प्रयास गर्दै एसिया महादेशमा तेस्रो विश्वयुद्ध केन्द्रित गर्न खोज्दै छन् भन्नुभयो ।
देशमा कामदारवर्गका जनतालाई शोषणबाट मुक्त गर्नु क्रान्ति हो भने कामदारवर्गका महिलाहरूलाई मुक्त गर्नु क्रान्तिभित्रको क्रान्ति भएको र त्यो कार्य समाजवादी व्यवस्थामा सच्चा कम्युनिस्टहरूले मात्र गर्नसक्ने क्युवालगायत विभिन्न देशको उदाहरणसहित प्रस्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नेमकिपाले स्थापनाकालदेखि नै कार्यकर्ता र जनताको शैक्षिक र सांस्कृतिक प्रगतिमा निकै जोड दिइरहेको बताउनुभयो ।
उहाँले नयाँ पुस्तामा उच्च शिक्षा हासिल गरी देश र जनताको सेवा गर्ने भावना विकास गर्नुपर्ने र पार्टी गतिविधिमा सक्रिय हुन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष एवं भक्तपुर जिल्ला अध्यक्ष गोविन्द दुवालले नेमकिपाका अग्रज कार्यकर्ताहरूको बलिदानीपूर्ण सङ्घर्षकै कारण भक्तपुरका किसान र मजदुरवर्गका जनताको प्रगति भएको चर्चा गर्दै नयाँ पुस्ताले विगतको सङ्घर्षको इतिहासलाई बिर्सन नहुने बताउनुभयो ।
देशमै रहेर देश र समाजको निम्ति काम गर्नका लागि उपयुक्त वातावरण बनाउनमा सरकारले वास्ता नगर्दा दसौँ लाख युवाहरू विदेसिरहेको र त्यो ठुलो चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले भक्तपुर नगरपालिकाले नगरवासी र देशभरकै जनताको सेवा गर्न नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार शिक्षा, स्वास्थ्योपचार, सरसफाइ र सम्पदा संरक्षणमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले वडामा सम्पन्न र चालु विकास निर्माण आयोजनाबारे जानकारी दिनुभयो । नेमकिपा भनपा ६ वडा समितिका अध्यक्ष गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका रोशनमैयाँ सुवाल र सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply