सन्दर्भ : सहकारी अध्यादेश २०८१ – सहकारी संस्था समाजवादी : बैङ्क तथा वित्तीय संस्था पुँजीवादी
- फाल्गुन २, २०८१
भक्तपुर क्यान्सर अस्पताल एक सामुदायिक संस्था हो । अस्पतालको कुनै पनि विभाग बिरामीहरूलाई सेवा दिन ३६५ दिन २४ सै घण्टा खोल्नु जरुरी छ । सबै विभागहरू (नर्सिङ ल्याव, X-ray, रिसिप्सेनिस्ट, फार्मेसी) सोहीअनुरूप Shift-wise Duty अनुरूप सञ्चालनमा छन् । सोहीअनुरूप सबै जना कर्मचारीहरूले आ–आफ्नो तलब लिन्छन् । तर, रेडिएसन विभागबारे जनताको गुनासो छ ।
बिरामीलाई समयमै उपचार गर्नको निम्ति रेडिएसन विभाग पनि अरु विभागजस्तै २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ । तर, रेडिएसनको नाममा दिनमा ४० जना बिरामीको परीक्षण गरी बाँकी बिरामीहरूलाई सेवा दिने बहानामा EHS गरी तलबबाहेक प्रतिमहिना प्रतिव्यक्ति २ लाखदेखि ४ लाखसम्म लिने गरेको चर्चा छ । एउटा सरसफाइका कर्मचारी रेडिएसन विभागमा काम गरे रु. एक लाखसम्म पाउने र अन्य विभागमा काम गरे निर्धारित तलबमात्र पाउने यो कसरी मिल्छ ? अस्पतालका सबै कर्मचारीहरूलाई एउटै नियम हुनुपर्ने होइन र ? नियम सबैलाई बराबर हुनुपर्ने होइन र ? हेर्ने निकाय किन मौन ?
बिहान–बेलुका हाजिर गर्ने, दिनमा २ घण्टा काम गर्न देखापर्ने, अनि पैसा EHS को नाममा तलबबाहेक प्रतिमहिना प्रतिव्यक्ति २ लाखदेखि ४ लाखसम्म लिन मिल्छ ? प्रशासनको काम के हो ? विभागीय प्रमुख र इन्चार्जले कार्यतालिका बनाएर कर्मचारीलाई काम गराउनुपर्ने कि नपर्ने ? EHS भनेको Extra Hospital Service हो । ६ घण्टा काम गरे तलब र सोभन्दा बढी १२ घण्टा काम गरेमा थप पारिश्रमिक पाउनु स्वाभाविक हो । तर, रु. ४ लाखसम्म EHS भत्ता कसरी पाउँछ ? यी सबै पारदर्शी हुनुपर्छ कि पर्दैन ? के यो रकम विकास समितिले पनि पाउने हो ? होइन भने किन मौन ?
यहाँ बिरामी Refer गर्यो भनेर हल्ला गर्ने काम नगरी बिरामीलाई दुःख दिने अनि स्वास्थ्य बीमाका बिरामीलाई पनि EHS Scheme मा राखेर यदि पैसा तिरेको खण्डमा बिरामीले चाँडै उपचार पाउने र स्वास्थ्य बीमाबाट निःशुल्क गर्ने भए पालो तीन महिनापछि मात्रै उपचार पाउने भनी बिरामीलाई पैसा तिर्न बाध्य पार्ने काम गर्न मिल्छ र ? सो रकम EHS कोषमा जम्मा गर्ने र बाँड्ने काम के मिल्छ ? आफ्नो दायित्व बिर्सेर बिरामीलाई दुःख दिने ? रेडिएसन विभागले २४ सै घण्टा सेवा दियो भने बिरामीहरूले समयमै उपचार पाउने छन् ।
सम्बन्धित सबैले पदको दायित्व निर्वाह गरेर इमानदारीपूर्वक बिरामीहरूको सेवा गर्नु बुद्धिमानी हुनेछ । परिश्रमको फल पाउनु राम्रो हो तर जसरी भए पनि कमाउने हेतुले काम गर्नु राम्रो मानिँदैन । बिरामीलाई पीडामाथि पीडा थप्ने काम कही कतैबाट नहोस् । बिरामीको सेवा गर्नु नै स्वास्थ्यकर्मीहरूको धर्म हो भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
Leave a Reply