बुद्धिलाई अथ्र्याउँदा शैक्षिक प्रमाणपत्रलाई मात्र आधार बनाउनु बुद्धिको गलत परिभाषा हुने
- आश्विन २८, २०८३
भक्तपुर, २७ जेठ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. स्वास्थ्य उपसमितिको आयोजना तथा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो ।
स्वास्थ्य शिविर कार्यक्रममा नाक, कान, घाँटी, दन्त तथा सुगरको निःशुल्क परीक्षण गरियो । स्वास्थ्य शिविर कार्यक्रममा भक्तपुर नपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा निःस्वार्थ सेवा गरिरहेको चर्चा गर्दै शैक्षिक ऋण दिई विद्यार्थीहरूलाई उच्च शिक्षा दिलाउन हौसला प्रदान गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाअन्तर्गत भक्तपुर नपाबाट ख्वप अस्पतालको स्थापना गरी सस्तो र सुलभ तरिकाले स्वास्थ्य परीक्षण, बिरामीलाई निःशुल्क अक्सिजन र रगत वितरण तथा घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको बताउनुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले संस्थाका हरेक सदस्य तथा टोलवासीको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी गणेशप्रसाद सुवालले प्रत्येक नागरिकले स्वास्थ्यलाई धन सम्झी नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक छ भन्नुभयो ।
ख्वप साकोसका कोषाध्यक्ष तथा स्वास्थ्य उपसमितिका संयोजक लक्ष्मीनारायण सुवालले संस्थाको वार्षिक कार्ययोजनानुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।
निःशुल्क स्वास्थ्य परीक्षणमा नाक, कान र घाँटीतर्फ डा. बेलु कायष्ठ, दन्त परीक्षणमा डा. सविना बासुकला र रेजा कवां, सुगर परीक्षणमा भक्तपुर नपा वडा नं २ का नर्स ग्रेसा कर्माचार्य र अर्का लायव टेक्निसियन मञ्जु ब्यान्जूले सुगर परीक्षण तथा स्वास्थ्य स्वयम्सेविकाहरू बबिमैया कवां, रोजिना बासुकला र सुजिना दुवालले स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य शिविरमा नाक, कान र घाँटी परीक्षणमा ११४ जना, दाँत परीक्षणमा ८४ जना, सुगर परीक्षणमा १५६ जना र रक्तचाप परीक्षणमा १६० जनाले गरेका थिए ।
Leave a Reply