पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, २० असार । एसईई—२०८० मा उत्तीर्ण हुन सफल विद्यार्थीहरूको लागि आदर्श आजाद माविको आयोजनामा बधाईज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यार्थीहरूले पाठ्यपुस्तकबाहेक अन्य पुस्तकहरू पनि निरन्तर अध्ययन गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभयो । एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाईज्ञापन तथा मायाको चिनो प्रदान गर्दै अतिथि बिजुक्छेँले समाज र देशको लागि जीवन समर्पित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरूको जीवनी र साहित्य अध्ययन गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्र.अ. श्रीकृष्ण किसीले उत्तीर्ण विद्यार्थीहरूले उच्च शिक्षामा पनि सफल हुने विश्वास व्यक्त गर्दै आदर्श आजाद मा.वि. पनि शैक्षिक केन्द्रको रूपमा विकास हुँदै आएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र चवालले विद्यार्थीहरूले आफूले पाएको ग्रेडले भन्दा पनि आफ्नो असल व्यवहार र अध्ययनले उच्च शिक्षामा सफलता पाउने बताउँदै देशमै भएका विषयहरू अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।
सहायक प्र.अ.चक्रबहादुर चाकतु, मानविकी विषय इन्चार्ज राजेन्द्रबहादुर कायष्ठ, शिक्षा विषय इन्चार्ज प्रेमजन थापाश्रेष्ठ, कानुन विषय इन्चार्ज लक्ष्मीसुन्दर सुवाल, शिक्षक राकेश सुकुपायोले विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै मार्गनिर्देशन गर्नुभयो ।
Leave a Reply