नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
देश र जनतामा समर्पित यहाँको दैनिकमार्फत देहायका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु –
– एउटा पालिकाभित्र खानेपानी, बिजुली, टेलिफोन, खुला क्षेत्र, बसपार्क, सडक, फोहरमैला, फोहर ढल व्यवस्थापनसहितका आवास क्षेत्रहरूको विकास हुनु जरुरी छ । भक्तपुर नगरपालिकाको नेतृत्वमा कमलविनायक, लिबाली, तुमचो–दुगुरे–चोखा आवास योजनापछि अहिले देको–मिवा–इतापाके आवास योजना सम्पन्न हुँदै छ । अन्य स्थानीय तहले पनि यसरी नै आ–आफ्नो क्षेत्रमा व्यवस्थित आवास योजना सञ्चालन गरी देशको सन्तुलित विकास गर्नु आवश्यक छ ।
– देको–मिवा–इतापाके आवास योजनाअन्तर्गत भनपा वडा नं २ मा दाफा फल्चा, ढुङ्गेधारा र वरिपरिको जग्गासमेत २०२१ सालको नापीमा स्थानीय एक व्यक्तिको नाममा नापी गराइयो । सो व्यक्तिले सार्वजनिक/सरकारी सम्पत्ति तथा सम्पदा दाफा फल्चा र ढुङ्गेधारा आफ्ना तीन बुहारीको नाममा नामसारी गराए । सरकारी सम्पत्ति व्यक्तिको नाममा नामसारीको लागि सिफारिस गर्ने कर्मचारी र नामसारी गरिदिने मालपोतका कर्मचारीलाई हालसम्म निलम्बन होइन चेतावनी पनि दिइएको छैन । आवास योजनाले सार्वजनिक÷सरकारी दाफा फल्चा र ढुङ्गेधाराको स्वामित्व व्यक्तिलाई दिनु हुँदैन ।
– भनपा वडा नं ६ नगरकोट र चाँगुनारायण जाने सडकसँग जोडिएको पर्ती जग्गासमेत मिचेर घर बनाउने व्यक्तिलाई पनि सरकारको कुनै निकायबाट कारबाही भएको छैन । निजले ६ आना जग्गा खरिद पुर्जामा ९ आना र त्यसपछि १२ आनाको बनाउन लगाए । अहिले आवास योजनाले ६ आनाको पुर्जालाई ९ आना बनाएर जग्गा निजलाई फिर्ता दिन लागेको चर्चा छ । यसरी सरकारी जग्गा आफ्नो बनाउने व्यक्ति र मालपोत कार्यालयका अधिकारीहरूलाई पनि कारबाही भएको छैन ।
– आवास योजनाले सरकारी जग्गा अतिक्रमण गरी व्यक्तिले मालपोतसँगको मिलेमतोमा नक्कली पुर्जा बनाएकोलाई मान्यता दिनु हुँदैन । के पचपन्न झ्याल र पाँचतलेको मन्दिर व्यक्तिले दर्ता गर्न मिल्छ र ? काठमाडौँ ललिता निवासको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने सरकारले प्रधानमन्त्रीको सरकारी कार्यालयसमेत व्यक्तिको नाममा दर्ता गराउने त होइन भन्ने प्रश्न उठिरहेको छ ।
– भनपा वडा नं ६ कै एक व्यक्तिले सरकारी कमलपोखरी आफ्नो नाममा दर्ता गराएको थियो । काठमाडौँ थँवहीको पोखरी, बोडे र झौखेलको कमलपोखरी व्यक्तिको नाममा दर्ता गरिएको विरोधमा स्थानीय जनता आवाज उठाउँदै छन् । सरकारी जग्गा, कमलपोखरी, पर्ती जग्गा संरक्षण गर्नुपर्नेमा उल्टो व्यक्तिको नाममा दर्ता गराउने मालपोत कार्यालयका अधिकारीहरूलाई तत्काल निलम्बन गरी आफ्नो नाममा दर्ता गर्ने स्थानीय व्यक्तिलाई कारबाही गर्नु आवश्यक छ । आवास योजनाले सरकारी कमलपोखरीसमेत दर्ता गराएका व्यक्तिलाई कारबाही गरी दर्ता खारेज गराई पुनः सार्वजनिक गराउनु जरुरी छ ।
Leave a Reply