ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, ४ साउन । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अनुसार नवीन आधारभूत विद्यालयको संयोजनमा समितिस्तरीय कसिमला पाँय् र बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।
प्रतियोगिताको उद्घाटन सभामा समितिका अध्यक्ष दीपक माकले खेलकुद स्वास्थ्य, मित्रता, अनुशासनका साथै सिकाइको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै विद्यार्थीको श्रृजनशीलताको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई प्रविधियुक्त बनाउनुको साथै खेलकुदमैत्री बनाउनुपर्ने बताउनुभयो ।
निर्णयकमण्डलका सूर्यबहादुर फोजूले खेललाई हारजीतभन्दा पनि प्रतिभा प्रस्फुटनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
बुद्धिचालमा अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजूले बुद्धिचालसम्बन्धी नियमहरूको जानकारी दिँदै विद्यार्थीहरूमा खेल भावनाको विकास हुनुपर्ने बताउनुभयो । कक्षा १–५ सम्मका विद्यार्थीहरूबिच कसिमला पाँय् र कक्षा ६–८ का विद्यार्थीहरूबिच बुद्धिचाल प्रतियोगिता भएको सो कार्यक्रममा संयोजक विद्यालयका प्रधानाध्यापक प्रकाश गोसाई र शिक्षक नारायणप्रसाद मचामसीले बोल्नुभएको थियो ।
प्रतियोगिताको बुद्धिचाल छात्रतर्फ नवीन आ.वि.का असीम श्रेष्ठ प्रथम, गणेश मा.वि.का अस्विन शाक्य द्वितीय र ज्ञान विजय आ.वि.का सुवास तामाङ तृतीय र तारा मा.वि.का चैतन्य प्रजापति सान्त्वना भए । त्यसैगरी, बुद्धिचाल छात्रातर्पm नवीन आ.वि. का आशालक्ष्मी दुवाल प्रथम, भीम आदर्श आ.वि.का खुसी लामा द्वितीय, ज्ञान विजय आ.वि.का सुनिता तामाङ तृतीय र तारा मा.वि.का अन्जली तामाङ सान्त्वना भए ।
कसिमला पाँय् कक्षा १–३ छात्रतर्पm ज्ञान विजय आ.वि.का कमल लुङ्गेली मगर प्रथम, नवीन आ.वि.का भुपेन्द्र कुँवर द्वितीय, भारती आ.वि.का सुप्रिम तामाङ तृतीय, सन्तति आ.वि.का सुरेश वाइवा र जनसेवा आ.वि.का तोपबहादुर राई सान्त्वना भए । त्यसैगरी, कसिमला पाँय् कक्षा १ –३ छात्रातर्पm नवीन आ.वि.का सोनिका बज्राचार्य प्रथम, समाज सुधार मा.वि.का प्रियान्सी शाह द्वितीय, सन्तति आ.वि.का अन्जलीकुमारी सिंह तृतीय, महेन्द्र आ.वि.का सोना तामाङ र ब्रह्मायणी आ.वि.का अस्मिताकुमारी शाह सान्त्वना भए ।
कसिमला पाँय् कक्षा ४–५ छात्रतर्पm हंसबाहिनी आ.वि.का आशिषकुमार शाह प्रथम, बालसेवक आ.वि.का रेमन तामाङ द्वितीय, ज्ञान विजय आ.वि.का मनिष शेर्पा तृतीय, समाजसेवा ई. आ.वि.का समिर बनमाला र भीम आदर्श आ.वि.का निम्बर लामा सान्त्वना भए । त्यसैगरी, कसिमला पाँय् कक्षा ४–५ छात्रातर्पm नवीन आ.वि.का सपना ध्वजु प्रथम, ब्रह्मचारिणी आ.वि.का यमुना तामाङ द्वितीय, ज्ञान विजय आ.वि.का दीपा मानान्धर तृतीय, उदय आ.वि.का आस्मा तामाङ र शारदा आ.वि.का ममता कार्की सान्त्वना भए ।
Leave a Reply