भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरूमा निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरूमा निरीक्षण

भक्तपुर, १६ साउन । साउन १५ गते राति करिब ११ बजेदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्त्ते खोलामा आएको बाढीले खोला छेउछाउका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गए राति परेको भिषण वर्षाका कारण बाढी र डुबानबाट प्रभावित ठाउँहरूमा आज स्थलगत निरीक्षण गर्नुभई त्यहाँको वस्तुथिति र क्षतिबारे जानकारी लिनुभयो । प्रमुख प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नपा वडा नं. १ धालाखुसी, इवामुरा कलेज, वडा नं. ३ स्थित बाराही पुल, शारदा आ.वि., वडा नं. ४ स्थित राममन्दिर, तारा मावि र शान्ति निकेतन मावि तथा वडा नं. ७ स्थित हनुमानघाट, बालसेवक विद्यालय, थुसाचालगायतका ठाउँमा बाढीले पु¥याएको क्षेत्रहरूबारे स्थलगत निरीक्षण गर्नुभयो ।
विगत केही दिनदेखि परिरहेको वर्षा र मङ्गलबार राति परेको वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खोलामा आएको बाढीले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरूसमेत डुबानमा परेका छन् । बाढीले मानवीय र अन्य ठुलो भौतिक क्षति नपुगे पनि किसानहरूको बालीनालीमा धेरै क्षति पु¥याएको देखिन्छ । खोला साँघुरिएपछि हरेक वर्ष वर्षाका कारण बस्ती डुबानमा परेको देखिन्छ । अत्यधिक वर्षा भएको कारण पनि धेरै क्षति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *